रातो मच्छिन्द्रनाथको रथयात्रा साउन १० गतेदेखि
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा १० गतेदेखि सुरु हुने भएको छ । मच्छिन्द्रनाथलाई सोही दिन रथारोहण गरी जात्रा सुरु गरिने गठी संस्थान ललितपुरले जनाएको छ ।
रथ निर्माण भइसके पनि साइत नजुर्दा जात्रा सुरु हुन सकेको थिएन । यस्तै सरकारले कोरोना भाइरस संक्रमण जोखिमका कारण जात्रामा रोक लगाएको थियो ।
रथमा सुन लगाएका ढोका, ध्वजाहरू र रथ तान्ने काठ जडान गर्न बाँकी छ । जात्रा सुरु भएपछि अन्य प्रक्रिया विगतमा जस्तै हुने गुठी संस्थानले जनाएको छ ।