एनआईसी एसियाको मुद्दती खातामा अग्रिम ब्याज भुक्तानी

एनआईसी एसिया बैंकले ‘अग्रिम ब्याज भुक्तानी मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ । ‘बैंक पनि, साथी पनि’ भन्ने मूल नाराका साथ सञ्चालित एनआईसी एसियाले कुनै पनि रकमको मुद्दती खाता खोली, खाता खोलेकै दिनमा ११ प्रतिशतको वार्षिक ब्याजका दरले हुन आउने ब्याजको अग्रिम भुक्तानी आफ्नो एनआईसी एसिया बैंकमा रहेकोे कुनै पनि बचत खातामा भुक्तानी पाउन सक्ने अफर ल्याएको छ ।
मुद्दती योजनाअन्तर्गत, मुद्दती खाता ३ महिना, ६ महिना, ९ महिना अथवा १२ महिनाका लागि खोले पनि सम्बन्धित अवधिका लागि ११ प्रतिशतका दरले अग्रिम ब्याज भुक्तानि गरिनेछ । व्यक्तिगत र संस्थापक दुवै निक्षेपकर्ताले खोल्न सक्ने यो मुद्दती योजनामा चाहेको बेलामा जम्मा गरेको रकमको ८० प्रतिशतसम्मको कर्जा उपभोगसमेत गर्न सक्ने जनाइएको छ । साथै यस्तो मुद्दती खाता खोल्ने ग्राहकहरूको ५ लाख रुपैयाँसम्मको दुर्घटना बिमा पनि बैंकले नै गरिदिनेछ ।
नेपालमा हालसम्ममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले सञ्चालनमा ल्याएका विभिन्न मुद्दती खाताहरूमा रहेको विशेषताहरूको तुलनामा अत्यन्त आकर्षक एवं अतुलनीय सुविधाहरू समेटी ल्याइएकोे बैंकको दाबी छ । अग्रिम ब्याज भुक्तानी मुद्दती खाता सीमित अबधिका लागि मात्र सञ्चालनमा रहने जनाइएको छ