हुन्डाई नयाँ वर्ष २०७५ योजना

हुन्डाई मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्ष २०७५ लक्षित आकर्षक योजना हुण्डाई न्यूइयर डिलाइट सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले ७ लाख १३ हजार रुपैयाँसम्मको लाभ पाउन सक्ने छन् । साथै यो योजनाअन्तर्गत आकर्षक मूल्यांकनसहितको एक्सचेन्ज योजना तथा सरल बैंक फाइनान्सिङ सुबिधा पनि छ । सबै हुन्डाई गाडीहरू ४ वर्षको निःशुल्क सर्भिसिङ, ३ वर्षको वारेन्टी उपलब्ध छन् । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरी १३ डिलरहरू तथा १५ सर्भिस सेन्टरहरूमार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमाबाइल उत्पादक मध्येमा पर्छ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरूले विश्वभरि करौंडांै ग्राहकहरूको मन तथा विश्वास जित्न सफल भएको छ ।