विश्वमै पहिलो पटक विमान उडाउने व्यक्ति रावणः श्रीलंका «

विश्वमै पहिलो पटक विमान उडाउने व्यक्ति रावणः श्रीलंका

कोलम्बो-आधुनिक समयमा पहिलो पटक अमेरिकाका राइट ब्रदर्शले विमान उडाएको हामीलाई जानकारी छ । १९०३ को डिसेम्बर १७ मा उनीहरुले पहिलो पटक विमान उडाएका थिए । तर श्रीलंका सरकारले भने त्रेता युगका रावणले विश्वमै पहिलो पटक विमान उडाएको दावी गरेको छ ।
श्रीलंका सरकारले एक विज्ञापन जारी गरेको छ । जसमा जनतालाई यस किसिमको दस्तावेज जारी गर्नका लागि भनिएको छ कि हिन्दु महाकाव्य रामायणका खल नायक राक्षसका राजा रावणले विश्वमा पहिलो पटक विमान उडाएको प्रमाणित होस् । पर्यटन तथा उड्डयन मन्त्रालयले जारी गरेको अखबारको विज्ञापनमा मानिसलाई राजा रावणसँग सम्बन्धित कुनै पनि पुस्तक वा दस्तावेज साझा गर्न आग्रह गरिएको छ । जसले पौराणिक राजा रावणका साथै देशको उड्डयनको कुनै विरासतमा गहन शोध गर्ने सरकारको महत्वाकांक्षी परियोजनमा सहयोग मिलोस् ।

आश्चर्यको कुरा यो छ कि श्रीलंकाको नागरिक उड्डयन प्राधिकरणले अब ५००० वर्ष पहिले रावणले उडान भर्नका लागि प्रयोग गरेको प्रविधि बुझ्ने प्रयासको थालनी गरेको छ । नागरिक उड्डयन प्राधिकरणका पूर्व उपाध्यक्ष शशि दानतुंजले भने,“राजा रावण एक प्रतिभाशाली व्यक्ति थिए । उनीनै उडान भर्ने पहिलो व्यक्ति थिए । उनी एक विमान चालक थिए । यो पौराणिक कथा होइन । यो एक तथ्य हो । यसमाथि विस्तृत शोध गर्नु आवश्यक छ । यसलाई हामी आगामी पाँच वर्षमा प्रमाणित गर्नेछौ ।”
श्रीलंकाले हालैमात्रै आफ्नो अन्तरिक्ष मिसन अन्तर्गत रावण नामक उपग्रह पनि प्रक्षेपण गरेको छ ।
पौराणिक कथा रामायणका अनुसार रावणसँग पुष्पक विमान थियो । यसै विमानको माध्यमबाट उनले सीताको अपहरण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्