आईपीएलमा एक नम्बरको जर्सी लगाएर खेल्दै सन्दीप «

आईपीएलमा एक नम्बरको जर्सी लगाएर खेल्दै सन्दीप

नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा १ नम्बरको जर्सी लगाउने भएका छन् । लेग स्पिन्नर सन्दिपले दिल्ली डेयरडेभिल्सबाट यो सिजनको आईपीएल क्रिकेट खेल्दैछन् ।
काठमाडौंमा बिहिबार एक कार्यक्रमका बीच सन्दीपले प्रयोग गर्ने जर्सी सार्वजनिक गरिएको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव कुमार बिष्ट, दिल्ली डेयरडेभिल्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त दुवा र भारतीय पूर्व क्रिकेटर सुनील भाल्सनले सन्दिपको जर्सी सार्वजनिक गरेका थिए ।
गत माघमा भएको अक्सनमा सन्दीपलाई दिल्लीले किनेको थियो । सन्दीपलाई दिल्लीले न्यूनतम मूल्य २० लाख भारतीय रुपैयाँमा किनेको छ । दिल्लीमा अनुबन्ध भएसँगै सन्दिप नेपालबाट आईपीएल खेल्ने पहिलो खेलाडी बनेका छन् । आईपीएलको यो संस्करण अप्रिल ७ देखि मे २७ सम्म हुँदैछ । यो पटक दिल्लीसहित ८ टोलीले सहभागिता जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्