एक वर्षमा ३२६ वन्यजन्तुको मृत्यु

देशभर १ वर्षको अवधिमा ३ सय २६ वन्यजन्तुको मृत्यु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७३-०७४ मा विभिन्न राष्ट्रिय निकुञ्ज, आरक्ष तथा संरक्षण क्षेत्रमा यो संख्यामा वन्यजन्तुको मृत्यु भएको हो । देशभर १ वर्षको अवधिमा ३ सय २६ वन्यजन्तुको मृत्यु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७३-०७४ मा विभिन्न राष्ट्रिय निकुञ्ज, आरक्ष तथा संरक्षण क्षेत्रमा यो संख्यामा वन्यजन्तुको मृत्यु भएको हो । अधिकांश वन्यजन्तु राजमार्ग दुर्घटनामा मरेको पाइएको छ । मृत्यु भएका मध्ये १३३ वन्यजन्तुको सडक दुर्घटनाकै कारण मृत्यु भएको छ । निकुञ्ज आसपासको राजमार्गमा वन्यजन्तु ओहोरदोहोर गर्दा गाडीको ठक्करबाट मृत्यु हुने गर्छ । राजमार्गमा वन्यजन्तु ओहोरदोहोरका लागि छुट्टै मार्गको व्यवस्था नहुँदा गाडीको ठक्करबाट वर्षेनी वन्यजन्तुको मृत्यु हुने क्रम बढिरहेको छ । निकुञ्ज विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३-०७४ मा चितवन राष्ट्रिय निकुञ्जमा ४७ वन्यजन्तुको मृत्यु भएको छ । जसमध्ये एउटा राजमार्ग दुर्घटनामा, एउटा जालमा परेर, २ ओटा विद्युतीय करेन्ट लागेर, चोरी शिकारीबाट १, नहरमा डुबेर १, कुकुर वा हुँडारको टोकाईबाट १ र ४७ को प्राकृतिक प्रकोपबाट मृत्यु भएको छ । यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जमा ९५, बाँके राष्ट्रिय निकुञ्जमा ५८, शुक्लाफाँट राष्ट्रिय निकुञ्जमा ३३, मकालु वरुण राष्ट्रिय निकुञ्जमा २, सगरमाथा राष्ट्रिय निकुञ्जमा ५, शे– फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा ४, पर्सा राष्ट्रिय निकुञ्जमा ७, लामटाङ राष्ट्रिय निकुञ्जमा ७, कोशीटप्पु राष्ट्रिय निकुञ्जमा ५ र कृष्णसार संरक्षण क्षेत्रमा ६३ गरी ३२६ वन्यजन्तुको मृत्यु भएको हो । १३३ सडक दुर्घटना, २ जालमा परेर, ५ विद्युतीय करेन्टबाट, ४ चोरी शिकारीबाट, ७ नहरमा डुबेर, २६ कुकुर÷हुँडारको टोकाईबाट, ४८ चितुवाको टोकाईबाट, प्राकृतिक कारणले १०१ वन्यजन्तुको मृत्यु भएको विभागको तथ्यांकमा उल्लेख छ । सडक दुर्घटना र प्राकृतिक कारणबाट धेरै वन्यजन्तुको मृत्यु भएको भन्दै विभागले वन्यजन्तुको मृत्युदर कम गर्ने योजनाका साथ कार्यक्रमहरु तयार गरेको छ । प्राकृतिक कारण भएको वन्यजन्तुको मृत्युदर कम गराउनका लागि वन्यजन्तु अस्पताल निर्माणको काम थालनी गरिरहेको छ । वन्यजन्तु एम्बुलेन्स ल्याउने तयारी पनि भइरहेको छ । वन्यजन्तुलाई सडक दुर्घटनाबाट जोगाउन ठूला बाटो, नहरजस्ता परियोजना बनाउँदा वन्यजन्तु आवतजावत गर्नका लागि कि अन्डर पास (तलबाट आवतजावत गर्ने बाटो) अथवा, ओभर पासको व्यवस्था गर्न सडक विभागसँग छलफल भइरहेको बताउँछन्, विभागका महानिर्देशक मनबहादुर खड्का । “बुटवल नारायणघाटको सडकखण्डमा कहाँ कहाँ बनाउने भनेर अध्ययन सुरु भइसकेको छ,” उनले भने, “पूर्वदेखि हेटौंडासम्मको राजमार्गमा पनि कहाँ कहाँ वन्यजन्तुलाई अन्डर पास तथा ओभर पास बनाउने भन्ने कुरामा अध्ययन गर्ने तयारी भइरहेको छ । ”विभागकै संरक्षण शिक्षा शाखाका प्रमुख विष्णु श्रेष्ठले वन्यजन्तुमैत्री विकासका पूर्वाधारहरु बनाउन सकेमा वन्यजन्तुको मृत्युदर कम हुने बताए । “हाम्रा वन्यजन्तु संरक्षणका लागि पनि हामीले लगानी गरिरहेका छौं, वन्यजन्तु देशको पहिचान मात्रै होइनन्, पर्यापर्यटन विकासका आधार हुन्,” उनले भने, “समयमा नै वन्यजन्तु मृत्युको कारण पत्ता लगाएर समाधानको उपाय खोज्नु जरुरी छ ।”
वन्यजन्तु मृत्युको कारण राजमार्ग दुर्घटनामा १३३जालमा परेर २विद्युतीय करेन्ट ५चोरी शिकारी ४नहरमा डुबेर ७कुकुर÷हुँडारको आक्रमणबाट २६चितुवाको आक्रमणबाट ४८प्राकृतिक कारणबाट १०१जम्मा ३२६
क्याप्सनचितवन राष्ट्रिय निकुञ्जको खोरसोर मध्यवर्ती वनमा वन्यजन्तुको सुरक्षाका लागि संयुक्त गस्ती गर्दै स्थानीय र नेपाली सेना । तस्बिर ः रासस