कोलेनिकामा डिजिटल भुक्तानीले सेवाग्राहीलाइ सहजता

दाङ-कोष तथा लेखा नियन्त्रक कार्यालय दाङले डिजिटल प्रविधि वाट भुक्तानी गर्ने सुरु गरेको छ । यसरी डिजिटल प्रविधिवाट सेवा दिन थाले पछि सेवाग्राहीहरुलाई सहजता भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयमा कामका लागि कार्यालय सम्म आउनु पर्ने वाध्यता हटेको कोष तथा लेखा नियन्त्रका कार्यालय दाङका प्रमुख कोष नियन्त्रक तथा कार्यालय प्रमुख शसीन्द्र खातीले जानकारी दिए । कार्यालयमा फाइल बोकेर आउन नपर्ने उनको भनाइ रहेको छ । ‘सेवाग्राहीहरुलाइ सहज रुपमा सेवा दिनका लागि यस प्रकारको सेवा प्रदान गरिएको हो’ प्रमुख खातीले भने । यसले सेवा सहज र छिटो हुने गरेको कार्यालयले जनाएको छ ।
कार्यालयले कुनै पनि व्यक्ति, संस्था वा कार्यालयले पाउनु पर्ने रकम सम्वन्धीत व्यक्ति, संस्था वा कार्यालयको खातामा सिधै रकम पठाइने गरेको उनको भनाइ रहेको छ । रकम पाउनु पर्ने व्यक्ति, व्यक्ति, संस्था वा कार्यालयले सम्वन्धीत कार्यालयमा आवस्यक पर्ने कागज पत्र पेश गर्नु पर्ने उनको भनाइ रहेको छ । यसरी पाउनु पर्नेको खातामा सिधै रकम पठाउदा सेवाग्राहीलाई सम्वन्धीत कार्यालय सम्म रकमका लागि पटक पटक धाउनु पर्ने वाध्यता समेत नहुने प्रमुख खातीले भने । जसले गर्दा समयको बचत हुने, टाढा वाट आउनु पर्दा लाग्ने खर्चको समेत वचत हुने उनको भनाइ छ । ‘डिजिटल माध्यम वाट भुक्तानी हुदा आर्थिक पार्दशिता समेत हुन्छ’ प्रमुख खातीले भने । कार्यालयले भरखरै सकिएको आर्थिक वर्ष २०७६÷०७७ मा ५६ हजार वढी लाई डिजिटल माध्यम वाट भुक्तानी दिएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय दाङले काठमाडौ उपत्यका वाहिर सबै भन्दा वढी डिजिटल भुक्तानी गरेको प्रमुख खातीको भनाइ रहेको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय दाङ उत्कृष्ट कार्य सञ्चालन गरेको भन्दै प्रदेश नं ५ मा प्रथम र देश भरमा दोस्रो भएको थियो ।
डिजिटल माध्यम वाट भुक्तानी प्रभावकारी रहेको दाङ निर्माण व्यवसायि संघका अध्यक्ष इश्वरवहादुर पुनले बताए । ‘नया प्रविधिको प्रयोगमा ल्याइएको छ’ अध्यक्ष पुनले भने । यसरी प्रविधिको प्रयोग गरे पछि सेवा ग्राहीलाई समेत सहजता हुने गरेको उनको भनाइ छ । सिधै सम्वन्धी व्यक्ति, संस्थाको कार्यालयको खातामा रकम आउने भएकाले सम्वन्धीत कार्यालयमा गएर चेक ल्याएर बैकमा जम्मा गर्नु पर्ने बाध्यता हटने अध्यक्ष पुनको भनाइ रहेको छ । जसले गर्दा समयको समेत सदुपयोग हुने उनको भनाइ छ ।
डिजिटल भुक्तानी प्रणालीले देशभरको आम्दानी खर्चको रिपोटीङमा सहजता ल्याउने पुर्व उप सचिव हरिप्रसाद पाण्डेले बताए । डिजिटल वाट भुक्तानी केन्द्रीय लेखा प्रणालीमा जोडिने हुदा दैनिक रुपमा आम्दानी खर्चको यर्थात जानकारी लिन सकिने उनको भनाइ रहेको छ । ‘यसरी आम्दानी तथा खर्च जानकारी भए पछि त्यसै अनुसार निती, निर्माण गरेर अगाडि वढन सरकारलाई समेत सहज हुने छ’ पाण्डेले भने । डिजिटल भुक्तानीले जिल्लामा दैनिक कति आम्दानी खर्च भयो भनेर जानकारी लिन सकिने छ । डिजिटल भुक्तानी नहुदा सबै आम्दानी खर्च निकाल्न समस्या हुने गरेको उनले बताए । यसले लेखा प्रणालीमा समेत सहजता ल्याउने पाण्डे बताउछन् । ‘यसले आर्थिक पार्दशिता वनाउन समेत पु¥याउने छ’ पाण्डेले भने । पहिले देखि नै यस प्रकारको प्रणाली लागु गर्ने तयारी गरिए पनि कार्यान्वयन हुन नसकेको बताए । पछिल्लो समयमा आएर यस प्रणाली वाट भुक्तानी गर्ने सुरु गरिएको उनको भनाइ छ । आफुहरुले पटक पटक यस विषय उठाउने गरेको बताए ।