भूकम्पले क्षति पुर्याएका साढे तीन लाख संरचना बन्दै «

भूकम्पले क्षति पुर्याएका साढे तीन लाख संरचना बन्दै

भूकम्पपछिको ३५ महिनामा क्षतिग्रस्त पूर्वाधार संरचनामध्ये ३ लाख ५८ हजार ५ सयको मात्र निर्माण अघि बढेको छ । ७ लाख ८१ हजार बराबरका पूर्वाधार संरचना क्षतिग्रस्त भएकोमा त्यसको झण्डै ५० प्रतिशतको निर्माण अघि बढेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार निजी आवास, सार्वजनिक भवन, सांस्कृतिक सम्पदा, विद्यालय, स्वास्थ्य संस्थाका साथै खानेपानी र सरसफाइका संरचनामध्ये भूकम्पको तीन वर्षपछि बल्ल आधा संरचनाको निर्माण कार्य अघि बढेको हो । भूकम्पपछिको ३५ महिनामा क्षतिग्रस्त पूर्वाधार संरचनामध्ये ३ लाख ५८ हजार ५ सयको मात्र निर्माण अघि बढेको छ । ७ लाख ८१ हजार बराबरका पूर्वाधार संरचना क्षतिग्रस्त भएकोमा त्यसको झण्डै ५० प्रतिशतको निर्माण अघि बढेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार निजी आवास, सार्वजनिक भवन, सांस्कृतिक सम्पदा, विद्यालय, स्वास्थ्य संस्थाका साथै खानेपानी र सरसफाइका संरचनामध्ये भूकम्पको तीन वर्षपछि बल्ल आधा संरचनाको निर्माण कार्य अघि बढेको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुषालले हालसम्म १ लाख १४ हजार २ सय संरचना मात्र निर्माण पूरा भएको र अन्य पूर्वाधारहरूको निर्माण कार्य दु्रतगतिमा भइरहेको जानकारी दिए । “अहिले पुनर्निर्माणको कार्य द्रुतगतिमा अघि बढेको छ, धेरै निर्माणाधीन अवस्थामा छन्,” उनले भने । प्राधिकरणका अनुसार ३ लाख ६७ हजार १ सय ६५ निजी घर पुनर्निर्माण भइरहेका छन् । प्राधिकरणले दोस्रो किस्ता लिने समयसीमा चैत मसान्तलाई तोकेपछि निजी आवास पुनर्निर्माणमा बढी सक्रियता देखिएको प्राधिकरणका सहसचिव एवं प्रवक्ता यमलाल भुषालले जानकारी दिए । हालसम्म १ लाख ९ हजार ५ सय निजी निर्माण भइसकेका छन् । ४ सय ८३ सार्वजनिक भवनमध्ये हाल १ सय २० निर्माणाधीन अवस्थामा छन् भने ६ ओटा मात्र निर्माण सम्पन्न भएका छन् । त्यसैगरी, भूकम्पबाट ७ सय ५३ सांस्कृतिक सम्पदा क्षतिग्रस्त भएकोमा ३ सय १० निर्माणाधीन अवस्थामा छन् भने १ सय ८३ सम्पन्न भएको प्राधिकरणले जनाएको छ । त्यसैगरी ७ हजार ५ सय ५३ शैक्षिक संस्था क्षतिग्रस्त रहेकोमा १ हजार ४ सय १५ निर्माणाधीन छन् भने २ हजार ९ सय ३४ को निर्माण भइसकेको प्राधिकरणले जनाएको छ । त्यसैगरी १ हजार १ सय ९७ स्वास्थ्य संस्था भूकम्पबाट क्षतिग्रस्त भएकोमा २ सय ५५ निर्माण सम्पन्न भएका छन् भने ९४ निर्माणाधीन छन् । भूकम्पबाट ३ हजार २ सय १२ खानेपानी आयोजनाहरूको प्रणालीमा क्षति पुगेकोमा ९ सय ४ निर्माण सम्पन्न भएका छन् भने ९ सय ६५ निर्माणाधीन अवस्थामा छन् । प्राधिकरणले तीन बर्षभित्र निजी आवास पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखे पनि त्यो अवधि सकिन अब एक महिना मात्र बाँकी छ । अन्य पूर्वाधारहरू पाँच बर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको छ । अधिकांश पूर्वाधार निर्माणको अवस्था कमजोर देखिएपनि प्राधिकरणका अधिकारीहरूले बाँकी दुई वर्षमा अवधिमा सम्पन्न गर्ने जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्