शून्य प्रतिशत व्याजदरमा सुजुकीका बाइक र स्कुटर «

शून्य प्रतिशत व्याजदरमा सुजुकीका बाइक र स्कुटर

शून्य प्रतिशत व्याजदरमै सुजुकीका मोटरसाइक तथा स्कुटर खरिद गर्न पाइने भएको छ ।
सुजुकीको मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक वितरक भिजी अटोमोवाइल्सले ३ महिनादेखिको लकडाउनले ग्राहकलाई पारेको आर्थिक असरलाई मध्यनजर गर्दै कोरोना विशेष स्किम ल्याएको हो ।
यो स्किम अन्तर्गत नगदमा मोटरसाइकल तथा स्कुटर खरिद गर्नेलाई तत्काल १५ हजार छुट र १ वर्षको किस्तामा खरिद गर्नेले शून्य प्रतिशत व्याजदरको सुविधा पाउन सक्ने भिजी अटोमोवाइल्समा मार्केटिङ हेड समित सिंहले जानकारी दिए । “उतार चडाब आईरहन्छ, सुजुकिकौ साथ रहिरहन्छ भन्ने मूल नाराको साथ ल्याइएको यो स्किमले यो विकराल अवस्थामा पनि ग्राहकलाई केही राहत हुन्छ की भन्ने हाम्रो उद्देश्य हो,” उनले भने, “ग्राहकले २ वर्षमा किस्ता तिर्छु भनेपनि आधा व्याजदर हामी तिरिदिन्छौ ।”
यो स्किम नेपालका सम्पूर्ण सुजुकी शो रुममा साउन ३१ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्