पुनः श्रमस्वीकृति लिई फर्किने घटे

वैदेशिक रोजगारीका लागि लगातार एकै कम्पनीमा काम गर्नेगरी बिदामा घर आएर पुनः श्रमस्वीकृति लिएर जाने नेपालीको संख्या एक्कासी घटेको छ । बिदामा आएर पुनः श्रमस्वीकृति लिएर पुनः विदेश जाने कामदार दक्ष मानिने भएकाले यो संख्या घटेसँगै यसको असर रेमिट्यान्समा देखिने छ । तर, मुलुकभित्रै दक्ष जनशक्ति रहनु भनेको राष्ट्र निर्माणका दृष्टिले भने सकारात्मक मानिन्छ ।वैदेशिक रोजगारीका लागि लगातार एकै कम्पनीमा काम गर्नेगरी बिदामा घर आएर पुनः श्रमस्वीकृति लिएर जाने नेपालीको संख्या एक्कासी घटेको छ । बिदामा आएर पुनः श्रमस्वीकृति लिएर पुनः विदेश जाने कामदार दक्ष मानिने भएकाले यो संख्या घटेसँगै यसको असर रेमिट्यान्समा देखिने छ । तर, मुलुकभित्रै दक्ष जनशक्ति रहनु भनेको राष्ट्र निर्माणका दृष्टिले भने सकारात्मक मानिन्छ ।पुनः श्रमस्वीकृति लिएर विदेश जाने दक्ष नेपाली युवाको संख्या गत वर्षको तुलनामा ९ हजारले घटेको छ । यो संख्या गत वर्ष ४ हजारले बढेकोमा यो वर्ष घटेको हो । गत वर्ष ७४ हजार ८ सय ५४ जना पुनः श्रम स्वीकृति लिएर गएकोमा चालू आर्थिक वर्ष यसमा ८ हजार ९ सय ८६ ले कमी आइ ६५ हजार ८ सय ५८ मा झरेको छ । आम्दानी र अन्य सुविधा राम्रो मानिने कम्पनीमा काम गर्ने कामदार केही समय बिदा बसेर पुनः श्रम स्वीकृति लिएर जाने गर्दछन् । एउटै रोजगादातासँग लामो समय काम गरी पुनः दोहो¥याएर वैदेशिक रोजगारीमा जाने युवाको संख्या घटनु दक्ष र अनुभवी कामदारलाई रोजगारदाताले बाध्य भएर कटौती गर्न बाध्य भएको रूपमा समेत हेर्न सकिन्छ । खाडी राष्ट्रमा देखिएको तनावसँगै बढेको आर्थिक मन्दीका कारण रोजगारदाताले दक्ष नेपाली कामदार पनि कटौती गर्न थालेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तेजराज पाण्डेले पुनः श्रमस्वीकृति लिएर धेरै कामदार जाने श्रम गन्तब्यमध्ये रहेका साउदी अरब र कतारमा आर्थिक संकट लम्बिँदै गएका कारण सबै प्रकारका श्रम स्वीकृतिको संख्यामा कमी आएको बताए । “पुनः श्रमस्वीकृतिमात्र होइन, संस्थागत श्रम स्वीकृतिसमेतमा धेरै कमी आएको छ,” सहसचिव पाण्डेले कारोबारसँग भने, “विशेषगरी खाडी राष्ट्रमा कामदार आपूर्ति गर्दै आएका १६ देशबाट जाने कामदारको संख्या घटेको छ ।” वैदेशिक रोजगार विभाग काठमाडौ शाखाका प्रमुखसमेत रहेका पाण्डे एउटै रोजगारदाताकहाँ लामो समयसम्म काम गर्नेगरी कतार र साउदी अरब जाने युवाको संख्या घटदै जानु, दक्ष र अनुभवी कामदारको मागसमेत घट्दै जानु राम्रो संकेत नरहेको बताउँछन् । गत वर्षको मंसिर, पुष र माघ महिनामा पुनः श्रम स्वीकृति लिएर कतार र साउदी अरब जाने युवाको संख्या यो वर्षको सोही अवधिको तुलनामा घटेको छ । गत वर्षको तुलनामा यो वर्ष श्रम स्वीकृति लिएर कतार र साउदी अरबमात्र जाने नेपाली युवाको संख्या ८ हजार ९ सय ९६ जनाले घटेको छ । नेपालबाट यी २ देशमा पुनः श्रमस्वीकृति लिएर जाने संख्या ९० प्रतिशत छन् । यो संख्या विश्लेषण गर्ने हो भने एक वर्षमामात्र ९ हजार नेपालीले रोजगारी गुमाएको देखिन्छ । यसमध्ये पनि कतारका लागि मात्र पुनः श्रम स्वीकृति लिएर जाने नेपालीको संख्या गत वर्षको ३ महिनाको तुलनामा यो वर्ष ३ हजार ४ सय ६८ जनाले घटेको छ । यसरी नै साउदी अरब जाने युवाको संख्या ३ हजार १ सय ८५ जनाले कम छ । नेपालको राम्रो श्रम गन्तव्य मानिएको मलेसियामा पुनः श्रमस्वीकृति लिएर जाने नेपाली संख्या भने कतार र साउदी अरबको तुलनामा आधामात्र छ । खाडी मुलुकमा अनुभवी कामदारको सेवा सुविधा राम्रो हुने गरेका कारण नेपालको रोजगार गन्तव्यमध्ये कतार र साउदी अरब धेरै जाने गरेका छन् ।