एसईईमा लोडसेडिङ नगर्न ऊर्जा मन्त्रीको निर्देशन «

एसईईमा लोडसेडिङ नगर्न ऊर्जा मन्त्रीको निर्देशन

 ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री बर्षमान पुनले आजबाट सुरु भएको विद्यालय शिक्षा परीक्षा एसईईमा लोडसेडिङ नगर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् ।  ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री बर्षमान पुनले आजबाट सुरु भएको विद्यालय शिक्षा परीक्षा एसईईमा लोडसेडिङ नगर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् ।  आज विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई मन्त्री पुनले एसईईको बेलामा लोडसेडिङ भएको र यसले विद्यार्थीको पठनपाठनमा असर गरेको भन्दै कार्यकारी निर्देशकलाई यस्तो बेलामा लोडसेडिङ नगर्न निर्देशन दिएका हुन् । सर्लाही, धनुषा लगायतका पुर्वी तराईका साथै अन्य कतिपय जिल्लाहरुबाट एसईईको परीक्षाको बेला पनि लोडसेडिङ नभएको गुनासो आएपछि मन्त्री पुनले लोडसेडिङ नगरी विद्यार्थीको पढाईलाई सहजीकरण गर्न निर्देशन दिएको मन्त्रीका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए ।  आजबाट एसईईको परीक्षा सुरु भएको छ । प्राधिकरणले सकेसम्म लोडसेडिङ नगर्ने बताएपनि केही क्षेत्रहरुमा हुँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्