ट्याक्टर दुर्घटना हुँदा सात मजदुरको मृत्यु «

ट्याक्टर दुर्घटना हुँदा सात मजदुरको मृत्यु

प्यूठानको स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा ट्याक्टर दुर्घटना हुदा सात जनाको ज्यान गएको छ । शनिवार राति लु १ त ४२३४ नम्वरको ट्याक्टर दुर्घटना हुँदा चालकसहित सात जना मजदुरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
दुर्घटनामा रोल्पाको रुन्टिगढी गाउँपालिका–५ वाइजाका २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, १९ वर्षीय वीरेन्द्र वाठामगर, वर्ष १९ कै थम्मन बाठामगर, २५ वर्षीय कबिराम बस्नेत, गोर्वधन बूढामगर र गाडी चालक रोल्पा त्रिवेणी गाउँपालिका २५ वर्षीय कमल कुँवरको ज्यान गएको प्यूठान प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारि दिए । ट्याक्टरमा सवार एक जनाले भने हाम फालेर ज्यान जोगाएका छन् ।
मृतकमध्ये चालन बाहेक अन्य ६ जना स्वर्गद्वारी नगरपालिका अन्तरगत निर्माणाधीन भिंगृ–स्वर्गद्वारी सडकमा काम गर्ने मजदुर छन् । निर्माणाधीन सडक खण्डअन्तर्गत धरमपानीबाट भिंगृतर्फ आउँदै गर्दा बीच बाटोमा दुर्घटना भएको हो । मृतकमध्ये ४ जना साउने संक्रान्ति मनाएर घरबाट काममा फर्कंदै गर्दा दुर्घटनामा परेका हुन् ।

 

प्रज्वल पहाडी

प्रतिक्रिया दिनुहोस्