नेको इन्स्योरेन्सले दियो एक करोड अग्रिम भुक्तानी

नेको इन्स्यारेन्सले कृषि विकास बैंकको लहान शाखामा जालसाजी तथा बेइमानीको कारणबाट बैंकलाई हुन गएको हानी नोक्सानीको बिमा दाबी पेस्की भुक्तानी गरेको छ ।
बैंकरको क्षतिपूर्ति बिमालेखअन्तर्गत दावी निर्धारण प्रकृयामा रहेकोले हाल पेश्की स्वरुप अग्रिम भुक्तानी बापत करोड रुपैयाँ भुक्तानी गरिएको हो ।
सो रकम बराबरको चेक नेकोका प्रमुख कार्यकारी अधिकृत अशोककुमार खड्काले कृषि विकास बैंकका उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने र बजार तथा शाखा व्यवस्थापन विभागका विभागीय प्रमुख अजय रिमाललाई संयुक्त रुपमा हस्तान्तरण गरे ।
चेक हस्तान्तरण कार्यक्रममा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय तथा नेकोमा सञ्चालक धु्रवचन्द्र गौतम र प्रमुख व्यवसाय अधिकृत विशालकुमार थापाको समेत उपस्थिति थियो ।
नेकोले विगत २५ वर्षदेखि देशको निर्जीवन बिमा बजारमा सम्पूर्ण निर्जीवन बिमा सेवा प्रदान गर्दै आएको छ ।