अमेजनले अल्फाबेटलाई उछिन्यो «

अमेजनले अल्फाबेटलाई उछिन्यो

विश्वकै मूल्यवान् कम्पनीमा अमेजनले अल्फाबेटलाई उछिनेको छ । अब अमेजनभन्दा मूल्यवान् कम्पनीमा एप्पल मात्रै छ । यो ई–कमर्स कम्पनीको सेयर मूल्यमा भएको २.७ प्रतिशतको वृद्धिले मूल्य ७६८ अर्ब डलर पुगेको छ । गुगलको मातृ कम्पनी अल्फाबेटको सेयरमा ०.४ प्रतिशतको गिरावट आएसँगै यसको मूल्य ७६२.५ अर्ब डलर कायम भएको छ ।
गत वर्ष अल्फाबेटको मूल्यमा वृद्धि भए पनि अमेजनको भूमिकाले यी सबैलाई कम बनाएको छ । विगत १२ महिनाको अवधिमा अमेजनको सेयर मूल्यमा ८५ प्रतिशतको वृद्धि भएको थियो । २०१८ को सुरुमै यो कम्पनीको सेयर मूल्यमा ३५ प्रतिशतको वृद्धि भएको थियो । लगानीकर्ताहरू अमेजनमा ओइरिएका छन् ।
यसैबीच फेसबुकको सेयरमा गिरावट आएपछि यो सामाजिक सञ्जालको बजार मूल्य बर्कशायर हाथवेको भन्दा तल झरेको छ । हाल फेसबुक विश्वकै सातौं मूल्यवान् कम्पनी भएको छ । दुई दिनमै फेसबुकको बजार पुँजीकरण ९ प्रतिशतले ओर्लिएको छ ।
बजार पुँजीकरणका आधारमा माइक्रोसफ्ट चौथो ठूलो कम्पनी भएको छ । यो चीनको टेनसेन्टभन्दा पनि कम हो ।

प्रतिक्रिया दिनुहोस्