यूपीएफको भर्चुअल समिटमा विश्व नेताहरूको कोभिड–१९ पछिको व्यवस्थाका बारेमा छलफल «

यूपीएफको भर्चुअल समिटमा विश्व नेताहरूको कोभिड–१९ पछिको व्यवस्थाका बारेमा छलफल

युनिभर्सल पिस फेडेरेसन (यूपीएफ) एसिया प्यासिफिकद्वारा आयोजित ‘समिट काउन्सिल फर पिस एसिया प्रशान्त भर्चुअल समिट’ मा विश्व नेताहरूले कोभिड–१९ को विश्वव्यापी विपत्तिको घडीलाई छिटो र प्रभावकारी रूपमा सम्बोधन गरेर नयाँ विश्व व्यवस्थाको तयारीमा जुट्न आग्रह गरेका छन् ।
भर्चुअल सम्मेलनलाई सम्बोधन गर्ने १३ जना विश्व नेताहरूले कोभिड–१९ ले सृजित चुनौतीहरूलाई नयाँ अवसरका रूपमा रुपान्तरण गर्नुपर्ने बताए । वक्ताहरूले यस स्वास्थ्य महामारीले समाजका सबै क्षेत्रलाई ठूलो धक्का दिएकाले यसको समाधानमा पनि सबै एकताबद्ध भएर अघि बढ्नु पर्ने धारणा राखेका थिए ।
ध्रुवीकरण तथा दोषारोपणले चुनौतीको सामनामा कठिनाई सृजना गर्छ भन्दै विश्व नेताहरूले कोभिड– १९ को महामारीलाई एक ‘वेक अप कल’ को रूपमा व्याख्या गरेका छन् । विश्व नेताहरूले मानवताको गन्तव्य साझा रहेको बताउँदै यस विषम परिस्थितिमा एक–आपसमा हौसला तथा मित्रताको भावना सञ्चार गर्न जोड दिए ।
विश्व नेता तथा प्रथम महिलाहरूले इन्टरनेसनल समिट काउन्सिल फर पिस कि सस्थापिका डा. हाक जा हान मुनले विश्वभर शान्ति र भातृत्वको अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरेर संसारमा आशाको ज्योति प्रदान गरेको बताए ।
उक्त भर्चुअल शिखर सम्मेलका लागि १ सय ६ राष्ट्रका ९ हजार जनाले सहभागिताका लागि नाम दर्ता गरेका थिए । सम्मेलनको शीर्षक ‘कोभिड–१९’ पछिको विश्वको पूनर्निर्माण तथा नवीकरणः अन्तनिर्भरता, पारस्परिक समृद्धि र विश्वव्यापी मूल्यमान्यता“ रहेको थियो ।विश्व नेताहरूले कोभिड– १९ का कारण सिर्जित सबै चुनौतिमा मानब जातिले छिट्टै विजय हासिल गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमका मुख्य वक्ताहरूमा श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्ष, यूपीएफका अन्तर्राष्ट्रिय नेताहरू डा. थोमस जी. वाल्स र डा. युन योङ्ग हो, गणतन्त्र किरीबाटीका पूर्वराष्ट्रपति एनोटे टोङ, मार्शल द्वीप गणराज्यका पूर्वराष्ट्रपति केसई नोट, भानुवाटुका पूर्व राष्ट्रपति जर्ज सोकोमानु, नेपालका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सोलोमन टापुका पूर्वप्रधानमन्त्री ड्यानी फिलिप, मंगोलिया र नेपालका पूर्वउपप्रधानमन्त्रीहरू क्रमशः तसेरेन्द्रश औयुनबाटर र सुजाता कोइराला थिए । नेपालका पूर्व उपराष्ट्रपति परमानन्द झाले सभापतित्व गरेको भर्चुअल शिखर सम्मेलनमा एसियाली सांस्कृतिक परिषद्ले सांस्कृतिक कार्यक्रम प्रस्तुत ग¥यो ।

 

प्रतिक्रिया दिनुहोस्