Logo

एलजीको वासर ड्रायर वासिङ मेसिनको माग बढ्दो

वर्षायाम सुरु भए लगतै नेपाली बजारमा एलजीको वासर ड्रायर वासिङ मेसिनको माग बढेको कम्पनीले जनाएको छ । एलजी ब्रान्ड नेपालको सर्वाधिक तथा लोकप्रिय रहेको भन्दै कम्पनीले आफ्नो उत्पादनमा १० वर्षको वारेन्टी रहेको जनाएको छ । एलजीको वासिङ मेसिनबाट लुगा धोएपछि ९९.९ प्रतिशत एलर्जी मुक्त हुने दाबी कम्पनीको छ ।
एलजीमा विभिन्न मोडलका वासिङ मेसिनहरु रहेका छन् । ८ देखि १८ केजीसम्मको लुगा धुने क्षमता साथै ५ देखि १० केजीसम्मका लुगा केही समयमै सुकाउने क्षमता रहेको कम्पनीले जनाएको छ । एलजी ब्रान्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत सीजी इम्पेक्स प्रालि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्