माछा मार्ने क्रममा अर्घाखाँचीमा करेन्ट लागेर बालकको मृत्यु «

माछा मार्ने क्रममा अर्घाखाँचीमा करेन्ट लागेर बालकको मृत्यु

अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिका–९ सिद्धाराको थारगटस्थित रङसिङ खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक बालकको मृत्यु भएको छ ।
सिद्धाराको थारगटका छविलाल पुनका १२ वर्षीय छोराको आफ्नै घर नजिकको रङसिङ खोलामा विद्युत्को मेन तारमा तार अडकाई माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको वडा अध्यक्ष भीम केसीले बताए ।
बालकले आइतबार साँझ ७ः३० बजे तिर रङसिङ खोलामा विद्युत्को मेन तारमा तार अडकाई माछा मार्ने क्रममा उक्त घटना भएको हो । घटनाको यथार्थबारे प्रहरीले अनुसन्धान गर्दै रहेको बताइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्