वल्र्डलिंकले ल्यायो ‘बीस, तीस, पचास अफर झक्कास’

वल्र्डलिंक कम्युनिकेसन्सले नेपाली नयाँ वर्ष २०७५ को अबसर पारेर डबल ब्याण्ड विथका साथमा ‘बीस। तीस, पचास, अफर झक्कास’ नामक योजना ल्याएको छ । यस अफरमा वल्र्डलिंकका ग्राहकहरूले डबल ब्यान्ड विड्थका साथमा ४४ प्रतिशतसम्म छुट र १२ महिनासम्म निःशुल्क आईपी टिभी (नेट टिभी) सेवा पाउन सक्नेछन् । यस अफरमा वल्र्डलिंकका ग्राहकहरूले बीस, तीस र पचास एमबीपीएस गतिको अनलिमिटेड इन्टरनेट वार्षिक १२ हजार, १४ हजार र १६ हजार रुपैयाँमै पाउने छन् । यसका साथै एक वर्षसम्म निःशुल्क नेट टिभीसमेत प्रयोग गर्न पाउनेछन् । यस्तो गतिको सुविधा ३ महिना र १ महिनाको सेवा लिन चाहनेहरूले पनि पाउन सक्ने उल्लेख छ ।
वर्डलिंकले इन्टरनेट, आईपी टिभी, डाटा सेवा उपलब्ध गराउँदै आएको छ । यसका नेपालभर १ लाख ८० हजारभन्दा बढी सक्रिय ग्राहक छन् । यसका मुलुकभर ४० भन्दा बढी शाखा छन् ।