एनआईसी एसियाको प्रिमियम समुन्नति बचत खातामा सुविधै सुविधा

‘बैंक पनि, साथी पनि’ भन्ने मूल नाराका साथ सर्वसाधारणमा केन्द्रित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एनआईएसी एसिया बैंकले प्रिमियम समुन्नति बचत खाता सञ्चालनमा ल्याएको छ । पछिल्लो समय मुलुककै अग्रणी वाणिज्य बैंकका रूपमा स्थापित हुँदै गइरहेको एनआईसी एसिया बैंकले ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै प्रिमियम समुन्नति बचत खाता सञ्चालनमा ल्याएको जनाएको छ । मुलुकभरिका कुनै पनि बैंकको कुनै पनि एटीएमबाट जति पटक पैसा निकाले पनि कुनै शुल्क नलाग्ने सुविधा यस खातामा राखिएको छ । त्यसैगरी सो खातामा निःशुल्क भिसा डेबिट कार्ड-क्रेडिट कार्ड-मोबाइल बैंकिङ सेवा-डिम्याट खाताको साथै वार्षिक लकर शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिनेछ ।
मासिक औसत १० लाखभन्दा बढी बचत रहेका ग्राहकलाई घरमै पुगेर सेवा प्रदान गरिने जनाइएको छ । त्यस्तै सो खाता खोली मोबाइल बैंकिङ सेवा लिएपछि एनटीसी वा एनसेलमा १ सय रुपैयाँबराबरको रिचार्ज कार्ड वा टपअपसमेत निःशुल्क प्रदान गरिने उल्लेख छ । १ हजार रुपैयाँ न्यूनतम मौन्दातमा खोल्न सकिने सो खातामा वार्षिक ८ प्रतिशतका दरले मासिक ब्याज प्रदान गरिनेछ भने ग्राहकहरूलाई ५ लाखसम्मको दुर्घटना बिमा सुविधासमेत निःशुल्क प्रदान गरिनेछ । साथै, यस खातामा निःशुल्क गुड फर पेमेन्ट चेक जारी गर्न सकिने सुविधा छ र व्यालेन्स सर्टिफिकेट जारी गर्दा कुनै पनि शुल्क लाग्ने छैन ।
नेपालमा हालसम्ममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले सञ्चालनमा ल्याएका विभिन्न बचत खाताहरूमा रहेको विशेषताहरूको तुलनामा अत्यन्त आकर्षक एवं अतुलनीय सुविधाहरू यसमा रहेको बैंकको दाबी छ । यस प्रिमियम समुन्नति बचत खाता सीमित अबधीसम्म मात्र सञ्चालनमा रहने भएकाले मौकाको फाइदा उठाइ यथाशीघ्र प्रिमियम समुन्नति बचत खाता खोली यस सुवर्ण अवसरबाट प्रचुर लाभ उठाउन एनआईसी एसिया बैंकले सबैमा अपिल गरेको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर गरी १८४ शाखासहित निजी क्षेत्रको सबैभन्दा बढी शाखा सञ्जाल भएको बैंक बन्न सफल यस बैंक १८७ एटीएमसहित मुलुककै सबैभन्दा बढी एटीएम सञ्जाल भएको बैंकसमेत बन्न सफल भएको छ । समग्रमा यस बैंक ४ वटा एक्स्टेन्सन काउन्टर, ३ वटा ब्रान्चलेस बैंकिङ युनिट र कुल ५ हजारभन्दा बढी रेमिट्यान्स पेमेन्ट एजेन्ट (प्रत्यक्ष एवं अप्रत्यक्षसमेत गरी) सहित ५ हजार ३ सय ७८ भन्दा बढी भौतिक सञ्जालमार्पmत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो बैंक हुन सफल भइसकेको छ । साथै, बैंकको सेवाग्राहीहरूको संख्या १० लाखभन्दा बढी पुगी यस बैंक हाल ग्राहक संख्याको हिसाबले समेत मुलुककै अग्रणी वाणिज्य बैंक बन्न सफल भइसकेको छ ।
त्यसैगरी वित्तीय परिसूचकांकका हिसाबले समेत यस बैंक नेपालकै उत्कृष्ट बैंकहरू मध्येमा अग्रणी स्थान बनाउन सफल भइसकेको छ । बैंकको वासलातको आकार खर्ब ४८ अर्ब भन्दा बढी पुगेको छ भने बैंकको कुल कर्जा करिब १ खर्ब ४ अर्ब र कुल निक्षेप करिब १ खर्ब २४ अर्ब पुगिसकेको छ । योसँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरूमध्ये अग्रणी स्थानमा रहन यस बैंक सफल भइसकेको छ । साथै, संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आइरहेको छ ।