उद्धारका लागि ४२ उडान थप

कोभिड–१९ का कारण विदेशमा रहेका नेपाली नागरिको उद्धारको समय सीमा सरकारले थप गरेको छ । सरकारले तोकेको समयमा नेपाल आउने नागरिकलाई स्वादेश फिर्ता गराउनेकाम पुरा नभएका र नेपाल आउन चाहने नागरिकले सूची दर्ता गरेकाले गर्दा उद्धार उडानको समय सूची थप गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रप्रसाद गुरगाईंले बताए । उनले भने, “सरकारले तेस्रो पटक समय थप गरेको छ, थपिएको समय असार ३१ देखि साउन ६ गते सम्म हो ।” परराष्ट्र र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा उडान तालिका थप गरिएको र थपिएको उडान प्रायः खाडी राष्ट्रमा केन्द्रित रहेको सचिव गुरागाईंको भनाइ छ ।
दैनिक ६ उडान गर्ने योजनाअनुसार ४२ उडान गर्ने योजना रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव बुद्धिसागर लामिछानेले बताए ।
उनले भने, “४२ भन्दा बढी उडान हँुदैन बरु कमनै उडान हुने छन् ।” सरकारले कोभिड–१९ का कारण विदेशमा रहेका नेपालीलाई जेठको अन्तिम साताबाट उद्धार उडानमार्फत स्वदेश फर्काउने सहजिकरण गदैं आएको थियो । दोश्रो चरणको उद्धार उडानको समय सीमा असार २८(आईतवार) सकिँदै गर्दा एकसाता समय थप गरेको हो। यो अबधिमा २४ बढि देशबाट आइतवार सम्म करिब २६ हजार ८ सय बढी नेपाली स्वदेश फिर्ता भएको सीसीएमसीले जनाएको छ ।
असार ३१ मा युनाईटेड अरव इमिरेट्स(यूएई)बाट–६ उडान हुने छन् । नेपाल वायुसेवा निगमले दुवईबाट २, िहमालय एयरलान्सले आवुधावीबाट २ ,एयर अरेवियाले सारजाहाबाट १ र फ्लाई दुबइले १ गरि कुल ६ उडान गर्ने सीसीएमसीले सार्वजनिक गरेको तालिकामा उल्लेख छ । साउन १मा साउदी अरेवियाको दमामबाट ४ ,रियादबाट २ उडान हुने छन भने निगम र हिमालयले एयरलाइन्सले क्रमश ३-३ उडान गर्ने छन् । साउन २ गते कतार,कुवेत र बहराइनबाट २-२ उडान गरी ६ उडान हने छन भने निगमले २ हिमालयले २ र जजीरा एयरले २ उडान गर्ने छन् ।
साउन ३ मा युएइबाट–४ कतारबाट–२ उडानमा निगमले २,हिमालयले २ र एयर अरेविया र फ्लाई दुवइले क्रमश एक-एक उडान गर्ने छन् । साउन ४ मा मेलेसिया निगमले २,हिमालयले २ र मालिन्दो एयरले २ गरि ६ उडान मार्फत कलेसियमा रहेका नागरिको उद्धार गदैं छ । साउन ५मा कतार र र साउदीबाट निगमले ३ र हिमालयले ३ गरि उडान गर्ने छन् । साउन ६मा मलेसियाबाट निगमले २,हिमालयले २ र मालिन्दो एयरले २ गरि ६ उडान मार्फत कलेसियमा रहेका नागरिको उद्धार गदैं छ ।
सिल्क एयरले असार ३०मा सिङगापुर र अष्ट्रेलियाबाट ३१ मानै कोरियाको सोलबाट कोरियान एयरले उद्धार् उडान गर्ने छन् । यता निगमको विमानले ३० र ३१ गते नेपाली सेनाको शान्ति मिसनका खटिने सेनालाई गन्तव्य तर्फ उडान गदैं छ । यसरी निगमको विमानले १६,हिमालयले १६, र १० अन्य विदेशी विमान कम्पनीले उद्धार उडान गर्ने छन् ।
कोभिड–१९ को रोकथामका लागि सरकारले चैत ९ गतेदेखि व्यावसायीक अन्तर्राष्ट्रिय र ११ देखी आन्तरिक उडान अवतरणमा रोक लगाएको छ । व्यवसायिक उडान लगाएको रोक साउन ६ गते सम्म कायम रहेको भएपनि चार्टर उद्धार उडान भने हुदैं आएको छ ।