सेञ्चुरीको सीईओमा तुलसीराम गौतम नियुक्त

सेञ्चुरी कमर्सियल बैंकको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा तुलसीराम गौतम नियुक्त भएका छन् । आउँदो वैशाख १९ गतेदेखि लागू हुने गरी गौतमलाई नियुक्त गर्नगरी बैंकले गत फागुन ३० गते सम्झौता गरेको छ ।
गौतमले नेपाल बैंकबाट बैंकिङ सेवा प्रारम्भ गरी सोमा १३ वर्ष, नेपाल इन्डोस्वेज बैंकमा ७ वर्ष, नेपाल एसबीआई बैंकमा कर्जा प्रमुख भई १० वर्ष र माछापुछ्रे बैंक लिमा प्रमुख कार्यकारी अधिकृतका रूपमा रही ४ वर्ष पूरा गरेका छन् । उनी यस क्षेत्रमा अनुभवि बैंकरको रूपमा परिचित व्यत्तित्व हुन् । गौतमले त्रिभुवन विश्व विद्यालयबाट मार्केटिङ र वित्त विषयमा स्नातकोत्तर गरेका छन् भने उनको अनुभवबाट यस बैंकले विशिष्ट पहिचान बनाउनुका साथै थप प्रगति गर्ने बैंकको विश्वास छ ।
बैंकले काठमाडौं उपत्यकामा ११ शाखाहरू र ५ वटा एक्सटेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरू र ३ वटा एक्सटेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ गरी जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ । यस अवस्थामा गौतमको अनुभव तथा नेतृत्वमा सेञ्चुरी बैंकले नेपालको बैंकिङ जगतमा विष्टिकृत पहिचान बनाउँदै अगाडि बढ्ने छ भन्ने विश्वास लिइएको विज्ञप्तिमा उल्लेख छ ।