Logo

सल्यानमा घर बाहिर निस्कँदा मास्क नलगाए सय रुपैयाँ जरिवाना

सल्यानमा मास्क नलगाएर घर बाहिर निस्किएमा सय रुपैयाँ जरिवान तिर्नुपर्ने व्यवस्था गरिएको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएको अवस्थामा यसको रोकथाम र नियन्त्रणका लागी अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको छ । अनावश्यक घर बाहिर ननिस्कन, अति आवश्यक काम पर्दा निस्कदा अनिवार्य मास्कको प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय सल्यानले अनुरोध गरेको छ । कसैले घर बाहिर निस्कँदा मास्क नलगाएको पाइएमा १ सय जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।
पटक–पटक अनुरोध गर्दा पनि मास्क नलगाएको पाइएमा अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १०६ बमोजिम ६ महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्