Logo

भोड्काको नशामा विमानमा नर्सको हंगामा, यात्रुलाई ४ घन्टासम्म सास्ती

टर्की जाने एक फ्लाइटमा चार घन्टासम्म हंगामा भएको थियो । यसले यात्रीलाई खराब अवस्थाको सामना गर्नु परेको थियो । पेशाको रुपमा नर्स रहेकी एक महिला यात्रीले भोड्का पिएपछि हवाई यात्राको समयमा हंगामा गरेकि छन् । मानिसको ज्याननै जाने यस किसिमको घटनाका बावजुद आरोपी महिला जेल जानबाट भने जोगिएकि छन् ।
थोमस कुक एयरलाइन्सको यो फ्लाईटमा रहेकी २९ वर्षकि क्याथरिन हेयसले आफ्नो सीटमा बसी बसी भोड्काको एक पुरै बोतल रित्याएकि थिइन् । यसपछि उनले चालक दलका सदस्यलाई गाली गर्न थालिन । यो विमान म्यान्चेस्टर हवाई अड्डाबाट एन्टाल्या जादै गरेको थियो ।
पछि यो घटनाको विषयमा अदालतमा सुनुवाई भएको थियो । यो अप्रिय घटनाको समयमा बच्चा डराएका थिए र एक यात्रीले हंगामा कारण उडान आफ्ना लागि खराब भएको बताएकि थिइन् । सुनुवाईको समयमा न्यायधीशले उनलाई जेल नपठाउने बताए । तर उनले महिलालाई आपूले ग्रेको गतिविधिप्रति पश्चाताप गर्नका लागि भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्