सेयर बजारमा दोहोरो अंकको गिरावट «

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा बुधबार सामान्य गिरावट आएको छ । सेयर बजार मापन गर्ने नेप्से परिसूचकमा बुधबार १०.१३ अंकको गिरावटसँगै १३ सय २६.५३ अंकमा पुगेको हो ।
मंगलबार सेयर बजार मापन गर्ने नेप्से परिसूचक ३७.९३ अंकले बढेको थियो । बजारमा दोहोरो अंकले घटेको दिन व्यापार र म्युचुअल फण्डबाहेका सबै समूहको परिसूचक घटेको छ । दिनभर १ सय ७९ कम्पनीका २९ लाख ७७ हजार भन्दा धेरै कित्ता सेयर १ अर्ब ७ करोड ८४ लाख रुपैयाँमा किनबेच भएको छ ।
लगानीकर्ताहरुले यसदिन पनि नेपाल पुर्नबिमा कम्पनीको धेरै सेयर खरिद बिक्री गरेका छन् । कम्पनीको मात्र २५ करोड ५७ लाखको सेयर कारोबार भएको छ । सेयर मूल्य बढ्नेमा सूर्योदय लघुवित्त अगाडि छ भने घट्नेमा तारागाँउ रिजेन्सी होटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्