तेस्रो गुल्मी महोत्सवमा हेलिकप्टरबाटअवलोकनगर्न सकिने «

तेस्रो गुल्मी महोत्सवमा हेलिकप्टरबाटअवलोकनगर्न सकिने

आगामी चैत १६ देखि २५ गतेसम्म सञ्चालन हुन गइरहेको तेस्रो गुल्मी महोत्सवको तयारी तीव्र गतिमा अगाडि बढाइएको छ । महोत्सवलाई आकर्षक तथा प्रभावकारी बनाउनका लागि गठित उपसमितिहरुले बिभिन्न गतिबिधीहरु बढाउन थालेका हुन् ।
यसपटकको महोत्समा पनि सहभागीहरुले हेलिकप्टरमार्फत यात्रा गरी सयर गर्न पाउने भएका छन् । महोत्सवलाई थप आकर्षक बनाउनको निम्ति आयोजकले हेलिकप्टमार्फत जिल्लाका विभिन्न क्षेत्रहरुको अवलोकनको व्यवस्था मिलाउने भएको हो । महोत्सव अवधी भरमध्ये ४ दिन हेलिकप्टरको व्यवस्था मिलाउने तयारी भइरहेको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका पूर्वअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
हेलिकप्टरद्वारा गुल्मी जिल्लाका ऐतिहासिक, पर्यटकीय, धार्मिक स्थलहरुको दृश्यावलोकन गर्न सकिने श्रेष्ठले बताए । हेलीकप्टर उडानका लागि सदरमुकाम तम्घास नजिकै रहेको जडजुराबाट उडान गरिने भएको छ । हेलीकप्टर चेढेपछि महोत्सव सञ्चालन स्थलसँगै जिल्लाका विभिन्न धार्मिक तथा ऐतिहासिक मनमोहक स्थलहरु देख्न सकिनेछ ।
गुल्मी रम्बा तारा दोहोरी गीत प्रतियोगिता
त्यसैगरी विशेष आकर्षणकै रूपमा सांस्कृतिक पक्षलाई थप प्रभवकारी बनाउने उद्देश्यले दोहोरी गीत प्रतियोगिता राखिने भएको छ । महोत्सवमा लोकदोहोरी क्षेत्रलाई संरक्षण तथा उजागर गर्ने मुख्य उदेश्यले ‘गुल्मी रम्बा तारा दोहोरी गीत’ प्रतियोगिता राखिने भएको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक दुर्गाप्रसाद पाण्डेयले जानकारी दिए । प्रतियोगिता उत्कृष्ट हुनेलाई रम्बा तयारी चाउचाउको तर्फबाट पुरस्कार पाउनेछन् ।
महोत्सवमा २ सय स्टल राखिने भएको छ । कृषि पर्यटन र उद्योगको व्यापार प्रबद्र्धन गर्न भन्दै गर्न लागिएको महोत्सवको मूल नारा ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास ः शिक्षा स्वास्थ्य, कृषि, पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका तय गरिएको छ ।
महोत्सव सम्पन्न गर्न र थप प्रभावकारी बनाउनको बिभिन्न २६ वटा उपसमिति गठन भएको वाणिज्य संघ महासचिव ताराप्रसाद भुषालले जानकारी दिए । महोत्सवलाई तम्घासस्थित चिदीचौर खेल मैदान र महेन्द्र माविको खेल मैदान प्रयोग हुने भएको छ । चिदीचौर खेल मैदानमा जिल्लास्थित उत्पादन हुने कृषि जन्य सामग्रीहरु, मनोरञ्जनात्मक पिङलगायत बिभिन्न औद्योगित क्षेत्रबाट उत्पादित सामग्रीहरुको बिक्री बितरणका लागि राखिने भएको छ । त्यस्तै महेन्द्र माविको खेल मैदानमा साँस्कृतिक कार्यक्रमहरु राखिने भएको छ । जिल्लाको सदरमुकाम तम्घासमा १० दिनसम्म चल्ने महोत्सवबाट गुल्मी जिल्लाको कृषि, घरेलु औधोगिक प्रर्बद्धन सगै रेसुंगा, रुरु, कंकेदेउराली, मालिका र कुर्घाको स्वाँरा, शान्तिपुरको टिमुरे तालसहितका पर्यटकीय क्षेत्रहरुको प्रबद्र्धन र प्रचार–प्रसार गर्न महत्वपूर्ण उद्देश्य रहेको भुसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्