साताको तेस्रो दिन सेयर बजारमा सुधार «

साताको तेस्रो दिन सेयर बजारमा सुधार

सेयर बजारमा मापन गर्ने सूचकसँगै कारोबार रकममा पनि उछाल आएको छ । मंगलबार सेयर बजार मापन गर्ने नेप्से परिसूचक ३७.९३ अंकले बढेर १३३६.६६ अंकमा उक्लिएको हो ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.७१ अंकले बढेर २८२.५९ अंकमा रोकिएको छ । दिनभर १ सय ७८ कम्पनीका २८ लाख ८३ हजार भन्दा बढी कित्ता सेयर १ अर्ब २१ करोड २४ लाख रुपैयाँमा किनबेच भएको छ । कारोबारमा सबै समूहको उपसूचकमा सुधार आएको छ । जसमा ५ वटा कम्पनीको कारोबार १० प्रतिशतले बढेर सर्किट लागेको छ ।

 

प्रतिक्रिया दिनुहोस्