प्रदेश ५ मा कोराना निको हुने दर ५६ प्रतिशत

भैरहवा- प्रदेश नम्बर ५ मा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उपचार गरी निको भएर घर फर्कनेको दर ५६ प्रतिशत रहेको छ । निको हुने दर राष्ट्रिय भन्दा बढी हो ।
राष्ट्रियमा करिब ४५ प्रतिशत बढी छ । प्रदेश ५ सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. उमाशंकर प्रसाद चौधरीका अनुसार असार २३ गते सम्म प्रदेश ५मा कोरोना भाइरस पुष्टि भएपछि उपचार गरी निको भई घर जाने क्रम राम्रो रहेको बताए । उनका अनुसार असार २३ गते सम्म यो प्रदेशमा ३ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टी भैसकेको छ । ती मध्ये १३ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म २ हजार १ सय १८ जना उपचारपछि पूर्ण रुपमा निको भएर घर फिर्ता गैसकेका छन् भने अझै पनि १ हजार ७ सय २३ जनाको प्रदेश ५ का विभिन्न ४ वटा कोभिड अस्पताल र आइसोलेशन सेन्टरमा उपचार भैरहेको छ ।
अहिले सम्म थ्रोड स्वाब संकलन भएका मध्ये ९३ प्रतिशतको पिसिआर परिक्षण सम्पन्न भएको र ७ प्रतिशत को नतिजा आउन बाकी रहेको चौधरीले जनाए । मंगलबार मात्रै प्रदेश ५ मा थप १६ जना नया संक्रमित पुष्टी भएको छ, जसमा २ महिला र १४ पुरुष रहेका छन् ।
क्वारेनटाईनमा रहनेको संख्या अझै पनि ८ हजार ६ सय ७० रहेको छ । पछिल्लो समय भारतबाट आउने क्रम घटेको छ ।
प्रदेश ५ मा सबैभन्दा बढी कपिलवस्तुमा ७ सय ४७ तथा कम रुकुम पूर्बमा ८ जना संक्रमित पुष्टी छ । त्यसै गरी दांगमा ५ सय ९९, पाल्पामा ५ सय ४६, बाकेमा ३ सय ७२, गुल्मीमा ३ सय ४४ अर्घाखाँचीमा ३ सय २४, रुपन्देहीमा ३ सय १५, प्युठानमा ३ सय २७, बर्दियामा १ सय ९३, पश्चिम नवलपरासीमा १ सय ७, रोल्पामा ५१ र रुकुम पूर्वमा ८ जना गरी जम्मा महिला ४ सय ४७ महिला र ३ हजार ४ सय ४६ ३ हजार ९ सय ३३ जना पुष्टी भैसकेको डा.चौधरीले बताए ।