सरकारी झन्झटिलो प्रकृयाले भ्रष्टाचार : राष्ट्रियसभा अध्यक्ष «

सरकारी झन्झटिलो प्रकृयाले भ्रष्टाचार : राष्ट्रियसभा अध्यक्ष

 राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारी झन्झटिलो प्रकृयाले गर्दा देशमा भ्रष्टाचारले प्रश्रय पाएको बताएका छन् । नेपाल पत्रकार महासंघ कास्कीले बुधबार पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा तिमिल्सिनाले भने, “एउटा सानो काम गर्दा पनि हाम्रो सरकारी निकायमा धेरै ठाउँमा फाइल लैजानुपर्ने, तल–माथि, कोठा–कोठामा कागजी धेरै लामो प्रकृया छ । यसले गर्दा भ्रष्टाचारले प्रश्रय पाएको छ । यसलाई नियन्त्रण गर्न हामीले त्यस्तै किसिमको ऐनकानुन ल्याउदैछौं ।”
७० वर्षपछि राजनीतिक लडाइँ सकिएको बताउँदै अध्यक्ष तिमिल्सिनाले अब संविधान दोस्रो चरणमा प्रवेश गरेकोले जारी संविधानलाई व्यवहारमा लागू गर्न कानुन बनाउन आफूहरुलाई थप चुनौती रहेको बताए । करिब एक सय ऐन संघीय सरकारबाटै निर्माण गर्नुपर्ने भएकोले यसमा आफूहरुले बढी भन्दा बढी सोचविचार गरी विज्ञको रायसल्लाहले ल्याउने तयारी गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्