कोरोना र लकडाउनपछि खुलेको सेयर बजार «

कोरोना र लकडाउनपछि खुलेको सेयर बजार

नयाँ लगानीकर्ताहरूले उपयुक्त समयलाई पर्खंदै राम्रो कम्पनीको अध्ययन–अनुसन्धान गरेर मात्र लगानी गर्नुपर्छ ।

कोबिड–१९ र लकडाउनले बन्द भएको सेयर बजार करिब तीन महिनाभन्दा पछि खुल्दा लगानीकर्ताहरूमाझ सकारात्मक सन्देश ल्याएको छ । लकडाउनपछि नियमित रूपमा बजार खुलेको दोस्रो दिन मंगलबार तथा बुधबार सेयरमा सकारात्मक सर्किट ब्रेकर लागेर कारोबार बन्द भएको छ । कोबिड–१९ ले विश्व जनमानसमा पारिरहेको असरले नेपाल पनि अछुतो रहन सकेन । अझै पनि नेपालमा कोरोना संक्रमण दिनानुुदिन बढ्दै गइरहेको अवस्थामा खोलिएको सेयर बजारले लगानीकर्ताहरूमा उच्च मनोबल प्रदान गरेको छ । चारैतिर आर्थिक क्रियाकलाप ठप्पजस्तै भएको अवस्थामा सेयर बजारले दिएको सकारात्मक सन्देशले आर्थिक गतिविधि पहिलेकै अवस्थामा पुुग्न धेरै समय नलाग्ने देखिन्छ । भलै बिहीबार बजार ओराले लाग्यो तर, बजारमा उत्साह भने कम भएको छैन ।
लकडाउन अगाडि निरन्तर बढेको बजार कोबिड–१९ को महामारीले पुनः तल झर्दा लगानीकर्ता निराश हुन पुगेका थिए । लगातार बजार घट्दा आधाभन्दा धेरै सूचीकृत कम्पनीहरूको आईपीओभन्दा तल तथा राम्रा–राम्रा कम्पनीहरूको सेयर भ्यालु पनि धेरै तल आइसकेको अवस्था छ । यस्तो महामारीको अवस्थामा लगानीकर्ताहरूले उच्च मनोबलका साथ खरिद–बिक्री गर्नु तथा सहभागिता जनाउनुले आउने दिनहरूमा सेयर बजारका लागि राम्रो भन्न सकिन्छ । लगानीकर्ताहरूले धैर्य तथा आवेगमा नआई सूचीकृत कम्पनीहरूको राम्रो अध्ययन तथा विश्लेषण गरेर मात्रै खरिद–बिक्री गर्दा राम्रो हुन्छ ।
यसरी कोबिड–१९ को महामारीले तल आइपुगेर पुनः खुलेको बजारलाई अझै माथि पु¥याउन वा पहिलेको अवस्थामा पुुग्न सरकार तथा सम्बन्धित निकायहरूले आ–आफ्नो ठाउँबाट तत्काल सुधारका काम अघि बढाउनुपर्ने देखिन्छ । त्यस्तै अब आउँदै गरेको मौद्रिक नीतिमा राष्ट्र बैंकले सेयर बजार माथि पु¥याउन आवश्यक कदम चाल्ने कुुरा आमलगानीकर्ताहरू पखाइमा रहेका छन् । कोबिड–१९ को महामारीले ल्याएको संकटबाट आर्थिक क्षेत्रमा पर्न गएको असरलाई तत्काल सरकारले सम्बोधन गर्नुपर्ने देखिन्छ । त्यस्तै लगानीकर्ताहरूले पनि यो विषम परिस्थितिलाई ख्याल राखी अनलाइन प्रणालीबाट खरिद–बिक्री गर्दा राम्रो देखिन्छ । यो लगानीकर्ताहरूका लागि राम्रो अवसर आएको छ ।
त्यस्तै कोबिड–१९ को महामारीले तल आइपुगेको पुँजीबजार निरन्तर घट्दा नयाँ लगानीकर्ताहरूका लागि बजार प्रवेश गर्ने सुनौलो अवसर पनि हो । छोटो समयमा राम्रो कम्पनी हेरेर लगानी गर्दा छिटै लाभांशको हकदार बन्न सकिन्छ । नयाँ लगानीकर्ताहरूले उपयुक्त समयलाई पर्खंदै राम्रो कम्पनीको अध्ययन–अनुसन्धान गरेर मात्र लगानी गर्नुपर्छ । बजारमा छाएको रौनकलाई आवेगमा नआई योजनाबद्ध, रणनीतिक हिसाबले विश्लेषण गरी अघि बढ्नुपर्छ । लगानीकर्ताहरूले बजार सधैं एउटै गतिमा मात्र हिँड्दैन भन्ने पनि ख्याल राख्नु अति जरुरी छ ।
अन्त्यमा लगानीकर्ताहरूले संयमित भएर राम्रा कम्पनीहरूमा लगानी बढाऔं । कसैको बहकाउ वा भ्रममा नपरी स्व–विवेकले अलिकति पनि विचल्लीत नभई आत्मबल उच्च पार्दै आफूले लिन चाहेको सूचीकृत कम्पनीहरूको राम्रोसँग अध्ययन गरी आफ्नो लगानी बढाऊँ ।
—ज्योति खतिवडा

प्रतिक्रिया दिनुहोस्