लक्ष्यभन्दा बढी राजस्व असुली

लहान- भन्सार कार्यालय सिरहाले चालू आर्थिक वर्ष २०७६-०७७ सकिनुअगावै लक्ष्यभन्दा दोब्बर राजस्व संकलन गरेको छ । लकडाउनका कारण भन्सारमा कमि आए पनि ठाडी भन्सारले लक्ष्यभन्दा देब्बर राजस्व संकलन गरेको हो ।
भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०७६-०७७ सकिन केही दिन बाँकी रहँदै सात करोड १६ लाख ७९ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख नरेश साहले जानकारी दिए । लकडाउनमा राहत सामग्रीको आयात बढेकाले राजस्व संकलन बढेको प्रमुख साहको भनाइ छ ।
चालू आव २०७६-०७७ मा चार करोड ७९ लाख लक्ष्य तोकिएकामा हालसम्म उक्त राजस्व संकलन भएको हो । लकडाउनमा राहत दिन भारतबाट गहुँ, चामल, आलु, प्याज, फलफूल, बेसार र तरकारीलगायतका सामग्रीको आयात बढेको थियो ।