सनराइज बैंकद्वारा छात्रवृत्ति वितरण

सनराइज बैंकले बैंक सञ्चालनको १० वर्ष पुगेको अवसरमा वर्ष भरिनै विभिन्न कार्यक्रमहरू गर्दै आइरहेकोमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मंगलबार लुभु, बूढानीलकण्ठ, नख्खु, कपन, दार्चुला र नेपालगन्जमा अवस्थित विभिन्न ६ वटा विद्यालयमा अध्ययनरत १० जना बालबालिकाहरूलाई १० वर्षका लागि छात्रवृत्ति प्रदान गरेको छ ।
उक्त कार्यक्रममा बैंकको सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगड, सञ्चालकहरू इ.बच्छराज तातेड, ज्योतिकुमार बेगानी, दीपक नेपाल, ओमकृष्ण जोशी, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, वरिष्ठ नायव महाप्रबन्धक आशा राणा अधिकारी, नायव महाप्रबन्धकद्वय अपछकुमार यादव, रविनकुमार नेपाल, सहायक महाप्रबन्धक सर्वेन्द्र मिश्रका साथै बैंकका कर्मचारीहरूकोे सहभागिता रहेको बैंकले जनाएको छ ।