लमजुङमा स्वास्थ्य क्षेत्रका लागि ४० करोड बजेट विनियोजन

लमजुङ-नेपाल सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट अनुसार स्वास्थ्य क्षेत्रको लागि लमजुङलाई ४० करोड बढी बजेट विनियोजन भएको छ । संघीय सरकारअन्र्तगत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आर्थिक वर्ष २०७७-०७८ को लागि जिल्लाका स्थानीय तहरुलाई कुल ४० करोड ३९ लाख बजेट विनियोजन भएको हो ।
स्वास्थ्य क्षेत्रका लागि जिल्लाका आठ स्थानीय तहलाई प्राप्त हुने सशर्त अनुदानतर्फ सबैभन्दा धेरै राइनास नगरपालिका र सबैभन्दा कम बजेट दूधपोखरी गाउँपालिकालाई विनियोजन भएको छ । मन्त्रालयमार्फत लमजुङका स्थानीय तहलाई विनियोजित बजेट तालिकाअनुसार राइनास नगरपालिकालाई ८ करोड ६२ लाख रुपैयाँ रहेको छ भने दूधपोखरी गाउँपालिकाका लागि २ करोड ८२ लाख रहेको छ ।
चार नगरपालिका मध्ये सुन्दरबजार नगरपालिकालाई ७ करोड ३१ लाख, मध्यनेपाल नगरपालिकालाई ५ करोड २८ लाख र बेसीशहर नगरपालिकालाई चार करोड ७८ लाख बजेट विनियोजन भएको छ ।
चार गाउँपालिकामध्ये दोर्दीलाई ४ करोड ५४ लाख, मस्र्याङदी गाउँपालिकालाई ३ करोड ८२ लाख र क्होलोँसोथर गाउँपालिकालाई ३ करोड ५१ लाख बजेट विनियोजन भएको छ ।
त्यस्तै आर्थिक वर्ष २०७७-०७८ मा लमजुङमा संघबाट परेका स्वास्थ्य क्षेत्रका अन्य योजनाहरुमा चालू वर्षमा सूचीकृत भएका तथा छनौट भएका योजना रहेका छन् । १५ शैयाको प्राथामिक अस्पतालमा स्तरोन्नति गर्न चालू आर्थिक वर्ष २०७६-०७७ मा सूचीकृत भएका स्वास्थ्य संस्थाहरु आगामी वर्षको योजनामा परेका हुन् ।