एनआरएनए युरोप क्षेत्रीय बैठक हुँदै

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं युरोप क्षेत्रीय बैठक तथा ९ औं एनआरएनए महिला सम्मेलन लग्जेम्वर्गमा हुने भएको छ । जुलाई अन्तिम साता हुने सो सम्मेलनको तयारी भइरहेको एनआरएनले युरोपले जनाएको छ ।
गैरआवासीय नेपाली संघ यूरोप क्षेत्रीय संयोजक शिव कुमार बरुवालका अनुसार मार्च १८ मा सम्पन्न युरोपस्थित संघका पदाधिकारी र केन्द्रीय पदाधिकारी बीचको बैठकले जुलाईको २९–३० मा एनआरएनए युरोप बैठक तथा ९ औं महिला सम्मेलन गर्ने निर्णय गरेको हो ।
सम्मेलन नेपालको समृद्धिका लागि युरोपबाट नेपालमा लगानी भित्र्याउने विषयमा केन्द्रीत हुने संयोजक बरुवालले जानकारी दिए । युरोप सम्मेलनको मिति तय गर्ने बसेको एनआरएनए केन्द्रीय पदाधिकारी तथा युरोपस्थित संघका पदाधिकारी तथा युरोपभरका एनसीसी अध्यक्ष तथा महासचिव सहितको सहभागिता रहेको थियो ।
युरोप संयोजक शिव बरुवालको संयोजकत्वमा बसेको बैठकले एनआरएन ११ औं युरोप सम्मेलन तयारी समिति समेत गठन गरेको छ । युरोपस्थित २० भन्दा बढी राष्ट्रिय समितिका पदाधिकारीले भाग लिएको सो बैठकमा अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, उपाध्यक्ष कुल आचार्य, महासचिव डा बद्री केसी, सचिव जानकी गुरुङ्ग, सहकोषाध्यक्ष सोम सापकोटा, महिला संयोजक रजनी प्रधान, युरोप उप–संयोजकद्वय एकराज गिरी तथा गोबिन्द गौतम लगायतले धारणा राखेका थिए ।
एघारौं युरोप सम्मेलनमा एनआरए संस्थापक अध्यक्ष पूर्व अध्यक्ष एनआरएन निवर्तमान अध्यक्ष, संस्थापकहरु, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, नेपाल सरकारका प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिथि तथा युरोपका २७ देशका एनसिसीहरुको उपस्थिति रहने संयोजक बरुवालले जानकारी दिए ।