क्रिकेट टिमलाई एनआरएनएको बधाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अन्तराष्ट्रिय एकदिवसीय क्रिकेटको मान्यता पाएकोमा बधाई तथा शुभकामना दिएको छ । एनआरएनद्वारा मंगलबार जारी विज्ञप्तिमा नयाँ इतिहास रच्दै पहिलो पटक नेपाललाई अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटको मान्यता पाउनु समस्त नेपालीको गौरवको विषय हो भनिएको छ । “क्रिकेट टोलीको अथक मिहिनतबाट प्राप्त यो सफलताले नेपालीहरुमा खेल क्षेत्रप्रति नयाँ आशा पलाएको छ ।” एनआरएनएले भनेको छ, “नेपाली क्रिकेट टिमको यस सफलताले विश्वभर फैलिएर रहेका नेपालीहरुले गर्वको अनूभूति गर्न पाएका छन् ।” यस अवसरमा नेपालको यस सफलताका लागि क्रिकेट टोलीलाई हार्दिक बधाई दिँदै उत्तरोत्तर प्रगतीको कामना गरिएको छ ।
नेपाली क्रिकेट टोलीले आगामी दिनमा पनि प्राप्त सफलतालाई स्थापित गरी अघि बढ्ने विश्वास लिएको जनाइएको छ । साथै सम्पूर्ण क्रिकेटप्रेमीहरु प्रति गैरआवासीय नेपालीहरुको साथ, सहयोग, सद्भाव र शुभेच्छा सदैव रहने विश्वास रहेको उल्लेख गरीएको छ ।