डेपुटी गभर्नरद्वारा एकैदिन ओमको ३ शाखा उद्घाटन «

डेपुटी गभर्नरद्वारा एकैदिन ओमको ३ शाखा उद्घाटन

ओम डेभलपमेन्ट बैंकले एकैदिन काठमाडौंमा ३ वटा नयाँ शाखाको उद्घाटन गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीद्वारा काठमाडौंको गोंगबु, बानेश्वर र ललितपुरको सातदोबाटो शाखाको फरक–फरक कार्यक्रमबीच मंगलबार विधिवत् उद्घाटन भएको हो । 

कार्यक्रममा बैंकले सुमेरु सामुदायिक अस्पताल र मानव सेवा आश्रमलाई ह्विल चेयरहरू वितरण गरेको पनि जनाएको छ । कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले शुभकामना मन्तव्य राखेका थिए भने बैंकका अध्यक्ष सुशीलकुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बैंकका विविध पक्षहरूको जानकारी गराएका थिए । 

बैंकले फागुन मसान्तसम्म १८ अर्ब १५ करोड निक्षेप संकलन गरी १६ अर्ब ३२ करोड कर्जा लगानी गरेको छ भने शाखा संख्या ५२, कर्मचारी संख्या ३९९, ग्राहक संख्या करिब २ लाख ३१ हजार, एटीएम संख्या ११ रहेको र ग्राहकहरूलाई निःशुल्क सी–आस्बा सेवा प्रदान गरिरहेको छ भने बिनाधितो १५ लाखसम्म प्रोफेसनल कर्जा प्रदान गर्दै आइराखेको छ । बैंकले ७५ हजारदेखि ७५ करोडसम्म कर्जा लगानी गर्ने बेहोरा बैंकका प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्