Logo

३ अर्बको एनआईसी एसिया ऋणपत्र

एनआईसी एसिया बैंकले  १ हजार अंकित दरका ३० लाख कित्ताले हुन आउने ३ अर्ब रुपैयाँबराबरको ‘एनआईसी एसिया ऋणपत्र २०८१÷८२’ निष्कासनको निमित्त नबिल इन्भेस्टमेन्ट बैंकिङलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्ति गरेको छ । ऋणपत्र निष्कासनसम्बन्धी सम्झौता पत्रमा एनआईसी एसिया बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल र नबिल इन्भेस्टमेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमध्ये ८० प्रतिशत (२ अर्ब ४० करोड रुपैयाँ) व्यक्तिगत र २० प्रतिशत (६० करोड रुपैयाँ) सर्वसाधारणहरूका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृतिपश्चात् निष्कासन तथा बिक्री खुला गरिने जनाएको छ । प्रस्तावित ९ प्रतिशत वार्षिक ब्याजदरले अर्धवार्षिक रूपमा ब्याज झुक्तानी गर्ने गरी ७ वर्ष अवधिका लागि ऋणपत्र निष्कासन गर्न लागिएकोे छ । यस ऋणपत्रले लगानी कर्तालाई उच्चतम प्रतिफल प्राप्त गर्ने सुवर्ण अवसर दिने बैंकले विश्वास राखेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले बताए । 

प्रतिक्रिया दिनुहोस्