विराट व्यापार संघको २० औं वार्षिकोत्सव सम्पन्न «

विराट व्यापार संघको २० औं वार्षिकोत्सव सम्पन्न

विराटनगर- विराट व्यापार संघले विविध कार्यक्रम गरी २० औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३२ पिन्ट रगत संकलन भएको अध्यक्ष सुजन थापाले जानकारी दिए । संघले विराटनगर बसपार्कमा विगत लकडाउनका कारण समस्या परी लामो समयदेखि बस्दै आएका मजदुरहरुलाई खाद्या सामग्री पनि वितरण गरेको छ ।
यसैगरी विराटनगर ९ स्थित बुधहाट चौक पञ्चमुखी हनुमान मन्दिर अगाडि दीप प्रज्वलन गरेको छ । त्यस अवसमार उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे र मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले शुभकामना दिएका थिए ।
संघले भर्खरै सरुवा भइ आएका जिल्ला प्रहरी कार्यालय मोरङका एसपील सन्तोष खड्कालाई स्वागत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्