एनसीसी काण्डमा थप ५ पक्राउ «

एनसीसी काण्डमा थप ५ पक्राउ

एनसीसी बैंकको साढे एक अर्ब कर्जा दुरुपयोग काण्डमा थप पाँच जनालाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । तत्कालिन एपेक्स डेभलपमेन्ट बैंक एनसीसी बैंकमा मर्जर हुने सहमतिपछि अनियमित कर्जा प्रवाह गर्ने एपेक्स बैंकका थप आधिकारीलाई अनुसन्धानका पक्राउ गरिएको हो ।एनसीसी बैंकको साढे एक अर्ब कर्जा दुरुपयोग काण्डमा थप पाँच जनालाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । तत्कालिन एपेक्स डेभलपमेन्ट बैंक एनसीसी बैंकमा मर्जर हुने सहमतिपछि अनियमित कर्जा प्रवाह गर्ने एपेक्स बैंकका थप आधिकारीलाई अनुसन्धानका पक्राउ गरिएको हो ।एपेक्स बैंक एनसीसीमा मर्जर हुने सम्झौतापछि बैंकका अधिकारीहरू मिलेर कमसल धितोकम कर्जा प्रवाह गरेका थिए । सो प्रक्रियामा संलग्न तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका अध्यय विष्णु धितालसहित १३ जनालाई प्रहरीले गत शुक्रबार नै पक्राउ गरेको थियो । तत्कालनी एपेक्स डेभलपमेन्ट बैंकको नामबाट अनियमितता भएको भए पनि हाल एनसीसी बैंकमा मर्जर भइसकेकाले एपेक्स डेभलपमेन्ट बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्व एनसीसी बैंकमा आउँछ । एनसीसी बैंकले भने यो कर्जा दुरुपयोगका कारण बैंकको वित्तीय अवस्थालाई असर नगर्ने जनाएको छ । मंगलबारसम्ममा अनियमित कर्जा प्रवाहमा संलग्न थप ५ जना प्रक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता जिवन श्रेष्ठले जनाकारी दिए । “मंगलबार सुदर्शन अधिकारीलाई अनुसन्धानका लागि पक्राउ गरिएको छ,” उनले भने, “यसअघि ४ जना गरी तत्कालीन एपेक्स डेभलमेन्ट बैंकको कर्जा दुरुपयोगमा सहभागी कुल १८ जनालाई अनुसन्धानका लागि पक्राउ गरिएको हो ।”मंगलबारसम्ममा ब्युरोले छविरमण अधिकारी, सजल बज्राचार्य, प्रमोद भट्टराई, कृबेन्द्र श्रेष्ठ र सुदर्शन अधिकारीलाई अनुसन्धानका लागि पक्राउ गरेको हो । यसअघि ब्यूरोले तत्कालिन एपेक्स डेभलपमेन्ट बैकका सञ्चालक इच्छाबहादुर गुरुङ, सुवर्णराज भण्डारी, मधुवनलाल श्रेष्ठ, निमित्त कार्यकारी अधिकृत ऋषीराज भट्ट, वरिष्ठ प्रबन्धक दुर्गादत्त जोशी, सहायक महाप्रबन्धक रामचन्द्र बसौला, शाखा प्रबन्धक विकास श्रेष्ठ, लोकन्थली शाखा प्रमुख सागर नेउपाने, शाखा प्रबन्धक मानबहादुर राउत, सहायक महाप्रबन्धक विनितमणि उपाध्याय, कर्जा अधिकृत मोहन खरेल र शाखा प्रबन्धक सुदीप थापालाई पक्राउ गरेको थियो । एनसीसी बैंकसँग २०७२ मंसिर ११ गते मर्जरमा जाने सहमति पत्रमा हस्ताक्षर भए पनि तत्कालीन एपेक्स बैंकका अधिकारीहरूले मर्जरको फाइदा उठाउँदै दरबारमार्ग, लोकन्थली, इटहरी, सुर्खेत र नेपालगन्ज शाखाबाट कुल १ अर्ब ५० करोड ९६ लाख ३३ हजार ९ सय ८४ रुपैयाँ अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरेका थिए । ती अधिकारीले कमसल धितो भिरालो पाखोबारी, बाटो नपुगेको जग्गाको अधिक मूल्यांकन गरी कर्जा लगानी गरेको, कृतिम ऋणीहरू खडा गरेको, निश्चित क्षेत्रको कमशल जमिनमा विभिन्न ऋणीहरू खडा गरी कर्जा अधिकेन्द्रित गरेर अनियमितता गरेको ब्युरोले जनाएको छ । ऋणीको नक्कली आयस्रोतसम्बन्धी विवरणहरूलाई स्वीकृत गर्ने गरेको, मोटरबाटो नभएको भिरालो पाखो बारी र खेत वन क्षेत्र भएको जग्गामा बाटो भएको प्रमाणित गरेको समेत अरोप रहेको ब्युरोले लगाएको छ । 

प्रतिक्रिया दिनुहोस्