ट्रम्प र अमेरिकामा कोभिड–१९ का बिरामी «

ट्रम्प र अमेरिकामा कोभिड–१९ का बिरामी

विशेषतः गत अप्रिल २९ तारिखका दिन भारतीय समाचार संस्था ‘एसियन न्युज एजेन्सी’ (एएनआई) ले अमेरिकाको ‘वासिङ्टन पोस्ट’लाई उद्धृत गर्दै प्रकाशित गरेको समाचारमा उल्लेख गरिएअनुसार ‘गत जनवरी र फेब्रुअरीमै अमेरिकाका राष्ट्रपति ट्रम्पलाई अमेरिकी गुप्तचर संस्था ‘सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी’ (सीआईए) ले कोभिड–१९ को संक्रामक भाइरसले अमेरिकालाई पनि नराम्रोसँग आक्रमण गर्न सक्ने भनी १२ पटकसम्म सूचित गरेको थियो ।’ तर, ट्रम्पले सुरुमा कोभिड–१९ को संक्रामक भाइरसलाई हल्काफुल्का ठानेका थिए । अझ ट्रम्पको अहंकारले गर्दा अमेरिकाको यो हालत भएको छ ।
हुन पनि मार्च महिनाको तेस्रो हप्ता नलाग्दै कोभिड–१९ को संक्रामक भाइरसको महामारीका कारण बिरामी हुने र मर्ने देशमा अमेरिका फस्ट हँुदै आएको छ । स्मरणीय के छ भने, संयुक्त राष्ट्र संघअन्तर्गत रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड–१९ लाई विश्वभरि पैmलिएको महामारी (प्यान्डेमिक) भनी मार्च ११ मा घोषण गरेको थियो । बेलैमा कोभिड–१९ को संक्रामक भाइरसले अमेरिकालाई पनि नराम्रोसँग गाँज्न सक्छ भनी ट्रम्पलाई सीआईएबाहेक केही अमेरिकी पत्रकारहरू र अमेरिकाको नीति–निर्माण तहमा बसेका केही वरिष्ठ कर्मचारीहरूले पनि सल्लाह र सुझाव दिएका थिए । तर, त्यसरी सल्लाह र सुझाव दिने अमेरिकी पत्रकारहरू र अमेरिकाको नीति निर्माण तहमा बसेका केही वरिष्ठ कर्मचारीहरूलाई ट्रम्पले उल्टै हप्काएका थिए । वास्तवमा ट्रम्पले ‘अरूलाई खाने बाघले आपूmलाई पनि खान सक्छ !’ भन्ने हेक्का बेलैमा नराख्दा अहिलेसम्म अमेरिकाले कोभिड–१९ भाइरसका कारण धनजनको धेरै ठूलो क्षति बेहोरिरहेको छ ।
यो लेख तयार पार्दासम्म कोभिड–१९ का कारण विश्वका २ सय १५ देशका ९५ लाख ३२ हजार १ सय २८ जना मानिस बिरामी छन् भने ४ लाख ८५ हजार १ सय २२ जना मानिसको मृत्यु भइसकेको छ । त्यसको चार भागमा लगभग एक भाग अर्थात् २४ लाख ६२ हजार ५ सय ५४ जना मानिस कोभिड–१९ का कारण अमेरिकामा बिरामी भएका छन् भने १ लाख २४ हजार २ सय ८१ जना मानिसको मृत्यु भएको छ । लगभग डेढ महिनाअघि अमेरिकामा १२ लाख ९२ हजार ८ सय ५२ जना मानिस बिरामी थिए भने ७६ हजार ९ सय ३८ जना मानिसहरु मरेका थिए । (तथ्यांक स्रोत : वोल्र्डोमिटर)
खासमा बेला छँदै कोभिड–१९ को संक्रामक भाइरसकोे महामारीले बिस्तारै अमेरिकालाई पनि गाँज्न सक्छ, त्यसैले बेलैमा सावधानी अपनाऊ भनी चीन र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दिएको सुझाव वा भनौं चेतावनीलाई ट्रम्पले बेलैमा मनन नगरेको फल नै अमेरिकाको आजको अवस्था हो भन्न सकिन्छ । त्यो बेला ट्रम्पले चीन र डब्लूएचओको सुझाव÷चेतावनीलाई नजर–अन्दाज गरे तापनि आफ्नै देशको गुप्तचर संस्था सीआईएले दिएको चेतावनी, सुझाव, सचेतता र सजगता अपनाउन दिएको सुझावलाई भने कुनै हालतमा नजर–अन्दाज गर्न हुँदैनथ्यो । तर, ट्रम्प र उनका समर्थन गर्ने ‘फक्स न्युज’ लगायत केही अमेरिकी मिडियाले नै कोभिड–१९ को संक्रामक भाइरसले अमेरिकालाई पनि नराम्रोसँग गाँज्न सक्छ, बेलैमा सावधान रहांै, होसियार गरौंं भनी सुझाव दिने अमेरिकी मिडिया तथा नीति निर्माण तहमा रहेका केही वरिष्ठ कर्मचारीलाई खिसी–टिउरी मात्रै गरेनन्, हप्काउनसमेत पछि परेनन् ।
तर हेरौं त आज, अमेरिकाको कुन हालत भएको छ ? जबकि विश्वको ‘सुपरमेसी म मात्रै हुँ, अरू कोही छैन’ भन्ने अमेरिकाको घमन्डलाई एउटा अदृश्य र सानोभन्दा पनि भन्दा पनि सानो, ब्याक्टेरिया एवं भाइरसविज्ञहरूका अनुसार कपालभन्दा १० हजार गुणा सानो भाइरसले तोडेको छ । खासमा गत मार्च ३ मै अमेरिकाका भाइरल रोग विज्ञ डाक्टर एन्थोनी फाउचले कोभिड–१९ को संक्रमणबाट अमेरिकामा १ देखि २ लाख जनाको ज्यान जान सक्ने र ९ देखि १० लाख अमेरिकी प्रभावित वा बिरामी हुन सक्ने बताएका थिए । यसरी हेर्दा अमेरिकी भाइरल रोग विज्ञ डाक्टर एन्थोनीले कोभिड–१९ को संक्रमणबाट अमेरिकामा हुने क्षतिबारेको दुई आकलनमध्ये एक कोभिड–१९ को संक्रमणबाट अमेरिकामा ९ देखि १० लाख मानिस प्रभावित हुने आकलनको सीमाले डबलभन्दा पनि बढीले सीमा नाघेर २४ लाख ६२ हजारभन्दा बढी पुगिसकेको छ भने कोभिड–१९ को संक्रामक भाइरसबाट मर्ने अमेरिकीको संख्या १ लाखदेखि २ लाखसम्म पुग्न सक्ने आकलन भने हालसम्म १ लाख २४ हजारभन्दा केही बढीमा कायम रहेको छ ।
–निनाम कुलुङ ‘मंगले’
[email protected]

प्रतिक्रिया दिनुहोस्