एसिया कपमा नेपालले भारतलाई हरायो «

एसिया कपमा नेपालले भारतलाई हरायो

एसिसी यू–१९ एसिया कपमा नेपालले भारतमाथि रोमाञ्चक जित हात पारेको छ। मलेसियाको बायुमास ओभलमा भएको खेलमा नेपालले भारतलाई १९ रनले पराजित गरेको हो। नेपालले भारतलाई क्रिकेटमा पराजित गरेको यो पहिलो पटक हो। नेपालले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको भारत ४८.१ ओभरमा १ सय ६६ रनमा अलआउट भयो ।
कप्तान दिपेन्द्रसिंह ऐरीको उत्कृष्ट प्रदर्शनको मद्दतले नेपाल विजयी भएको हो । ऐरीले १ सय १ बलमा २ छक्का र ४ चौकाको मद्दतले ८८ रन र ४ विकेट लिएका छन् । भारतले टस जितेर पहिले फिल्डिङ गरेको थियो । नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनाएको थियो । नेपालका लागि जितेन्द्र सिंहले ३६ र भीम सार्कीले १५ रन बनाएका थिए ।
भारतका लागि ओपनर तथा कप्तान हिमांशु रानाले ४६ रन जोडे। ३८ बलमा ७ चौका र १ छक्का प्रहार गरेका उनलाई नेपालका कमलसिंह ऐरीले बोल्ड गरेका थिए।  दीपेन्द्रसिंह ऐरीले आदित्य ठाक्रेलाई २३ ओभरको अन्तिम बलमा १३ रन बनाएर खेलिरहदा डलबिडब्लुको धरापमा पारे। मनोज कर्ला ३५  र सलमान खान १ रनमा आउट भए। मनोजलाई पवन सर्राफ र सलमानलाई सहाब अलामले आउट गरे। अनुज रावल २६ बलमा १८ रन जोडे। तनुस कोइटेन शून्य रनमा आउट भए। अभिशेक शर्मा २७ रन बनाएर खेलिरहदा आउट भएपछि खेल नेपालको पक्षमा आएको थियो । लगत्तै मन्दीप सिंहलाई शून्य रनमा कप्तान दीपेन्द्रसिंह ऐरीले आउट गरे। लगत्तै उनले शिव सिंहलाई ९ रनमा आउट  गरे।  सर्राफ र सहाब अलामले २–२ विकेट लिए। सन्दीप लामिछाने र कमलसिंह ऐरीले १–१ विकेट लिए।  

प्रतिक्रिया दिनुहोस्