कांग्रेस केन्द्रीय समिति बैठक शुक्रबार «

कांग्रेस केन्द्रीय समिति बैठक शुक्रबार

प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि नेपाली कांग्रेसको ५ औं केन्द्रीय समिति बैठक चैत ९ गते बस्दैछ । केन्द्रीय कार्यालय सानेपामा विहान ११ बजेबाट बैठक शुरु हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
बैठकमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समिक्षा हुने बताइएको छ । निर्वाचनमा बेहोर्नुपरेको पराजयका बारेमा अघिल्ला केन्द्रीय समिति बैठकमा केही केन्द्रीय सदस्यहरुले धारणा राखे पनि ओपचारिक रुपमा हारको समिक्षा हुन सकेको छैन । कांग्रेसभित्रको रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहले निर्वाचनको समिक्षा नभएको भन्दै सभापति देउवाको आलोचना गर्दै आएका छन् । पौडेल पक्षी नेताहरुले केन्द्रीय समिति बैठक बोलाउन निर्वाचनपछि दबाब नै दिएका थिए ।
कांग्रेस प्रवक्ता शर्माले नेपाली कांग्रेस रुपान्तरणको चरणमा रहेको बताए । “निर्वाचनपछि मात्र ४ वटा केन्द्रीय समिति बैठक सम्पन्न भइसकेको छ । २ हप्ताअघि मिति तय गरेर चैत ९ गते केन्द्रीय समिति बैठक बस्दैछ,” प्रवक्ता शर्माले भने, “बैठकमा निर्वाचनको समिक्षा,महासमितिको बैठकको मिति, स्थान तोक्ने र महासमिति बैठकमा प्रस्तुत गर्ने कार्यक्रम पनि तय गर्नेबारे छलफल हुनेछ ।” उनले यसपटकको बैठकमा विस्तृतमा छलफल हुने भन्दै बैठक करिब ५ दिन चल्न सक्ने बताए ।स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि कांग्रेसको केन्द्रीय समिति बैठक ०७४ माघ ४, माघ २६, फागुन १३ र फागुन २३ गते बसेको थियो । केन्द्रीय समिति बैठकमा पौडेल र सिटौला समुहले सभापति देउवाको कार्यशैलीको चर्को आलोचना गर्ने संकेत गरेका छन् । सिटौलाले अहिलेसमम उधारोमा सहयोग गरेपनि अब सभापति देउवालाई सहयोग गर्ने सार्वजनिक घोषणा गरिसकेका छन् । अघिल्लो केन्द्रीय समिति बैठकमा पौडेलले लिखित रुपमै सभापति देउवाको कडा आलोचना गरिएको विज्ञप्ती वितरण गरेका थिए । केही समययता देउवाविरुद्ध पौडेल र सिटौला समूह नजिकिएका छन् । सभापति देउवा समूह भने बैठकमा सभापति देउवाको बचाउमा उत्रने तयारी गरेको छ ।

कोषाध्यक्षको राष्ट्रिय सम्मेलन आजबाट
कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय सम्मेलन आजबाट शुरु हुदैछ । नुवाकोटमा बुधबार उद्घाटन हुने सम्मेलन २ दिनसम्म चल्नेछ । कार्यक्रममा सहभागि हुन जिल्ला कोषाध्यक्षहरु मंगलबार बेलुका नै नुवाकोट पुगिसकेका छन् । सम्मेलन २ दिनसम्म चल्नेछ ।

प्रमुख सचेतकमा खाँण नियुक्त
नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा बालकृष्ण खाँण नियुक्त भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार नेता खाँणलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।
सभापति देउवाले मंगलबार बेलुकी ट्विटरमार्फत गरेर नेता खाँणलाई संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरिएको जानकारी दिएका छन् ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्