जनरल इन्स्योरेन्सले आइपीओ जारी गर्ने «

जनरल इन्स्योरेन्सले आइपीओ जारी गर्ने

जनरल इन्स्योरेन्सले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले असार ५ गते आईपीओ निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो ।
नयाँ निर्जीवन बिमा कम्पनीको रूपमा सञ्चालनमा आएको कम्पनीले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता सेयर निष्काशनको माग गर्दै बोर्डमा आवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा सेयर निष्काशन गर्न बोर्डमा अनुमति माग गरेको छ ।
कम्पनीले आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटललाई नियुक्त गरिसकेको छ । हाल ७० करोड चुक्ता पुँजी रहेको कम्पनीको आईपीओ निष्काशनपछि चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुग्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्