Logo

पोखरा महानगरको बजेट ६ अर्ब १९ करोड

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७-०७८ का लागि ६ अर्ब १९ करोड ७१ लाख ७८ हजार रुपैंयाँ अनुमानित बजेट प्रस्ताव पेश गरेको छ । पोखरा महानगरपालिकाका उपप्रमुख एवं बजेट तथा योजना तर्जुमा समितिको संयोजक मन्जुदेवि गुरुङले सातौँ नगरसभामा बुधबार आर्थिक वर्ष २०७७-७८ को वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुतः गर्दै उक्त बजेट प्रस्ताव पेश गरेकी हुन्।
क्षेत्रफलका हिसावाले देशकै ठूलो महानगरको बजेट चालू आर्थिक बर्षको तुलनामा १७ प्रतिशत अर्थात एक अर्ब ३५ करोडले कमी बजेट प्रस्ताव पेस गरिएको छ । चालु आवमा भने ७ अर्ब ५४ लाखको बजेट विनियोजन भएको थियो । संघीय सरकारबाट २ अर्ब ५२ करोड ६० लाख र गण्डकी प्रदेश सरकारबाट १० करोड ५९ लाख ६६ हजार गरी जम्मा अन्तर सरकारी वित्तीय हस्तान्तरण बापत २ अर्ब ६३ करोड १९ लाख ६६ हजार प्राप्त हुने अनुमान गरिएको उपप्रमुख गुरुङले जनाइन् । अन्तर सरकारी अख्तियारबाट ८५ करोड प्राप्त हुने अनुमान गरिएको छ भने राजस्व बाँडफाडँतर्फ संघीय सरकारबाट ३० करोड ६४ लाख र प्रदेश सरकारबाट ४ करोड ३७ लाख गरी जम्मा ३५ करोड १ लाख प्राप्त हुने अनुमान गरिएको प्रस्तुत गरिएको बजेटमा उल्लेख गरिएको छ । आन्तरिक स्रोतबाट २ अर्ब ३६ करोड ४२ लाख १२ हजार प्राप्त हुने अनुमान गरिएको छ ।
आर्थिक वर्ष २०७६-०७७ मा व्ययतर्फ सञ्चित कोषबाट ५ अर्ब ७१ करोड ७९ लाख अनुमान गरिएकोमा संघीय सरकारबाट थप सशर्त अनुदान प्राप्त भई सञ्चित अनुमान ६ अर्ब ३८ लाख भएको उनले जनाइन् । कार्य सञ्चालन कोषबाट व्यय १ अर्ब २८ करोड ७५ लाख अनुमान गरिएकोमा आर्थिक वर्ष २०७६-०७७ को जेठ मसान्तसम्म ३ अर्ब ३१ करोड २० लाख सञ्चित कोषमा रकम आम्दानी भएको प्रस्तुत गरिएको बजेटमा उल्लेख गरिएको छ ।
आर्थिक वर्ष २०७६-०७७ को जेठ मसान्तसम्म चालू खर्चतर्फ १ अर्ब ३६ करोड २० लाख र पुँजीगत खर्चतर्फ १ अर्ब १० करोड ८३ लाख खर्च भई चालुतर्फ ५४ दशमलव ५ र पुँजीगततर्फ ३१.५ प्रतिशत खर्च भई कुल वित्तीय प्रगति ४१ प्रतिशत भएको छ । असार मसान्तसम्म ६० प्रतिशत कार्य प्रगति हुने अनुमान गरिएको उपप्रमुख गुरुङले दाबी गरेकी छन् । आयतर्फ हालसम्म ३ अर्ब ३१ करोड २० लाख आम्दानी भई अनुमानको ५५ प्रतिशत लक्ष्य हासिल भएको तथा कोरोना भाइसर कोभिड १९ ले पारेको प्रभावले आम्दानी र खर्च प्रगति कम भएको उनले जनाइन् ।

 

प्रतिक्रिया दिनुहोस्