‘नागरिकतामा महिला–पुरुषबीच समान प्रावधान हुनुपर्छ’ «

‘नागरिकतामा महिला–पुरुषबीच समान प्रावधान हुनुपर्छ’

नेपाली कांग्रेसका सांसद गगन थापाले विदेशी महिला वा पुरुषले नेपालीसँग विवाह गर्दा पाउने अंगीकृत नागरिकताको लागि समान प्रावधान हुनुपर्ने बताएका छन् ।
वैवाहिक अंगीकृत नागरिकताको विषयमा बुधबार आफ्नो धारणा सार्वजनिक गर्दै थापाले अवधि जति राखे पनि महिला र पुरुषबीच विभेद हुन नहुने बताएका हुन् ।
थापाले भनेका छन्, ‘वैवाहिक अंगीकृत नागरिकता दिनुअघि निश्चित अवधि राख्नुपर्छ । त्यो अवधि महिला र पुरुषको हकमा समान हुनुपर्छ ।’
गत आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतका आधारमा नागरिकता विधेयक पारित गरेको छ । नेकपा सचिवालय बैठकले प्रस्ताव गरेअनुरुप विदेशबाट विवाह गरेर आउने महिलाले ७ वर्षपछि नागरिकता पाउने कानुनको प्रस्ताव गरिएको छ ।
प्रस्तावित कानुनअनुसार नेपाली महिलासँग विवाह गरेर आउने पुरुषले भने आजिवन नागरिता पाउने छैनन् । महिला र पुरुषबीच यस्तो असमानता राख्न नहुने भन्दै थापाले अवधि ५ वा ७ जति भए पनि प्रावधान भने समान हुनुपर्ने बताएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्