मासरातीले ल्यायो नयाँ घिब्ली, मूल्य १ करोड ३३ लाख भारु «

मासरातीले ल्यायो नयाँ घिब्ली, मूल्य १ करोड ३३ लाख भारु

इटालियन सुपर कार निर्माता कम्पनी मासरातीले नयाँ कार सार्वजनिक गरेको छ । भारतीय बजारमा उक्त कार गत साता सार्वजनिक भएको हो ।
फियाट क्रिस्टलरको स्वामित्वमा रहेको मासरातीले सेडान सेगमेन्टको घिब्ली १ करोड ३३ लाख देखि १ करोड ४२ लाख भारुसम्म पर्नेछ । घिब्ली मासरातीको धेरै बिक्री हुने सेडान सिरिज हो । कम्पनीले घिब्ली डिजेल, घिब्ली डिजेल ग्रानस्पोर्ट र घिब्ली डिजेल ग्रानलुसो गरी तीन मोडल सार्वजनिक भएका हुन् ।
यो कार उत्पादनसँगै मासरातीले कार उत्पादनको इतिहासमै पहिलो पटक डिजेल इन्जिन कार उत्पादन गरेको हो । २०१८ को घिब्लीमा ३.० लिटर भीसिक्स इन्जिन प्रयोग गरिएको छ । यो कारले सीओटू प्रदूषण ६ प्रतिशतसम्मले कम गर्ने दाबी कम्पनीको छ । घिब्लीमा यूरो–सिक्स मापदण्डको इन्जिन प्रयोग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्