डेटा चोरीपछि फेसबुकको सेयर ओरालो

वासिङटन-करोडौ प्रयोगकर्ताको डेटा चोरी भएको समाचारसँगै सामाजिक सञ्चार माध्यम फेसबुकको सेयरमा भारी गिरावट आएको छ ।
२०१६ को अमेरिकी राष्ट्रपतिय चुनावमा डोनाल्ड ट्रम्पलाई सहयोग गर्ने कम्पनी क्याम्ब्रिट एनालाइटिकलले फेसबुकको पाँच करोड भन्दा बढी प्रयोगकर्ताको सूचना चोरी गरेको आरोप लगाइएको छ ।
न्यूयोर्क धितोपत्र बजारमा यो समाचारका व्यापक असर परेको छ र फेसबुकको सेयरको मूल्य अन्तरदिनको कारोबारमा लगभग ८ प्रतिशतले घटेको छ । तर पछिल्लो समयमा भने केही सुधार आएर ७ प्रतिशतको मात्रै गिरावट आएर बन्द भएको थियो ।
फेसबुकले यो आरोपको व्यापक जाँच गर्ने बताएको छ । जाँच नसकिदाको समयसम्म क्याम्ब्रिट एनालाइटिकललाई निलम्बन समेत गरिएको छ । अमेरिका र अन्य कतिपय युरोपेली देशका सरकारले यो समाचारप्रति गम्भिर सवाल उठाएका छन् ।
बेलायतका प्रधानमन्त्री थेरेसा मेका प्रवक्ताले यो ओरोम अत्यन्त गम्भिर भएको बताएका छन् । उनले भनेका छन्,“मानिसले आफ्नो जानकारि सुरक्षित होस् भन्ने विषय सुनिश्चित भएको पाओस र यसको प्रयोग उचित तरिकाबाट होस् ।”
अमेरिकी सांसदहरुले पनि प्रयोगकर्ताको डेटा चोरी भएको विषयप्रति चिन्ता व्यक्त गरेका छन् । उनीहरुले यो विषयमा उचित कदम उठाउनका लागि फेसबुकलाई आग्रह गरेका छन् ।