निशानका कारमा आकर्षण

जापानी अटो कम्पनी निशानका कारहरूप्रति भैरहवा क्षेत्रमा आकर्षण बढ्दै गएको छ । कम्पनीको भैरहवा क्षेत्रकोे अधिकृत बिक्रेता रहेको बरुण अटो मोटर्श प्रालिले निशानका कारहरूको पछिल्लो समय बिक्री वितरण बढ्दै गएको बताएको छ ।
विगत २ महिनादेखि यस क्षेत्रमा निशान कम्पनीका बिभिन्न मोडलका कारहरूको बिक्री गर्दै आएको बरुणले छोटो समयमै अत्यधिक बजार पहुच बढाएको छ । मोटर्शका प्रबन्ध निर्देशक राहुल अग्रवालले छोटो अवधिमा यो कम्पनीका कारहरूप्रति यहाका युबापुस्ता मात्र नभई प्रौढहरूको समेत आकर्षण बढ्दै गएको जनाए ।
यो कम्पनीका कारहरू पारिवारिक कारका रुपमा रहेका छन् । नाम चलेको प्रसिद्ध कम्पनी, बिक्रीपछिको सेवा सहज रुपमा उपलब्ध हुने र स्पेयर पार्टस्समेत सजिलै पाइने माइलेज समेत राम्रो भएकाले आकर्षण बढ्दै गएको अग्रवालले बताए । निशानको टेरानो, सनी, माईक्रा, नभारा, एक्सट्रेन कारहरूप्रति आकर्षण छ ।
२ दर्जन बढीले विभिन्न मोडलका कारको बुकिङ गरेको बरुण मोटर्शकी फ्रन्ट अफिस एक्जुक्युटिभ रितिका बिकेले बताइन् । पछिल्लो समय निशान कम्पनिको माईक्रा कारको बिक्री बितरण समेत सुरु गरेको छ । बिभिन्न ६ रंगहरू सनसाईन ओरेन्ज, टर्कोवाईस ब्लु, ब्लयाक, सिल्भर, ब्रिकरेड, स्ट्रोम ह्वाईट रंगमा उपलब्ध रहेको कम्पनिका बजार सहायक दिब्या पाठकले बताइन् ।
पेट्रोल ईन्जिन, डुअल एअर ब्याग, स्टेरीयंग अडियो कन्ट्रोल, ईलेक्ट्रिक पावर स्टेयरींग, ब्लुटुथलगायतका विभिन्न सुबिधा उपलब्ध माईक्रा कार खरीदमा ग्राहकले १ लाख रुपैयाँसम्म नगद छुट पाउने पाठकले बताइन् ।
नयाँ वर्षको अवसरमा वैशाख महिनामा निशान कारको बिक्री कक्षको भैरहवामा ग्रान्ड ओपनिंग गरीने कम्पनिले जनाएको छ ।