सडक नहुँदा दुर्गममा समस्यै समस्या «

सडक नहुँदा दुर्गममा समस्यै समस्या

मुलुकमा स्थानीय तह, प्रादेशिक र संघ गरेर तीनै तहका निर्वाचन सम्पन्न भइसके । प्रादेशिक सरकारसमेत गठन भइसक्यो तर पनि दुर्गम क्षेत्रका समस्या ज्यूँका त्यूँ छन् । राजनैतिक हिसाबले मुलुकमा ठूलो परिवर्तन आइसके पनि ग्रामीण क्षेत्रमा परिवर्तनको आभाष हुनसकेको छैन । सर्वसाधारणले बर्षौदेखि जुन सास्ती खेप्नु परेको थियो त्यो जस्ताको तस्तै छ ।
जिल्लाका दर्जन बढी गाउँलाई जोड्ने पुवारे-डिल्लीबर-माझखर्क सडकको सिनकौले-भालेबा“स झण्डै २१ किमि खण्डको ट्रयाक नखुल्दा दुर्गमका सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ । दुवैतर्फ सडक विस्तार भए पनि रौता र नामेटार गाविसको रमिते र जिरे पहाडमा सडक विस्तार भएको छैन । सडक विस्तार नहुँदा नामेटार, जा“ते, बारा, ताम्लिछा, बलम्ता, बाँसबोटे, थानागाउ“, इनामेलगायतका गाउँका सर्वसाधारणले सदरमुकाम जान अझै हिँड्नु पर्ने अवस्था छ । सोझो सडक नहुँदा सदरमुकाम गाईघाटबाट ताम्लिछा, बारा, बाँसबोटे र बलम्ताका लागि लगिने दैनिक उपभोग्य वस्तु सिरहा, सप्तरी हुदै कटारीको सडक प्रयोग गर्नुपर्ने सर्वसाधारणले गुनासो गरेका छन् । मुर्कुची बजारबाट झण्डै ४४ किमिको दूरीमा रहेको माझखर्क पुग्नका लागि अझै राम्रो सडक छैन ।  
 सडक नहुदा स्थानीयस्तरमा मौसमअनुसार उत्पादन भएका सुन्तला, अकबरे, अम्रिसो, अदुवा र आलुले बजार पाउन सकेको छैन । “कोदो गाउ“मै बिक्री हुन्छ,  तर सुन्तला, अकबारे खुर्सानी, अम्रिसो र अदुवा गा“उमा बिक्री हुँदैन,” स्थानीय कविता राईले भनिन्, “भारी बोकेर सहर पुरायाउन सकिँदैन, गाडीमा बोक्नका लागि भनेजस्तो सडक छैन ।” त्यसैले सुन्तला, जुनार, नस्पती, अदुवा र अकबारे खेती गरे पनि फाइदा नहुँदा स्थानीय निरास भएको उनले बताइन् ।   बाराहामा उत्पादन हुने फर्सीमात्रै बजारसम्म लैजान सकेको खण्डमा गाउ“मा वार्षिक लाखौं रुपैयाँ आम्दानी गर्न सकिने स्थानीयले वताए । मंसिर पुसमा उत्पादन हुने स्थानीय जातको एउटा फर्सी ३० किलोसम्मको हुने किसान बताउँछन् । “बाराहाको फर्सी गाईघाटसम्म पुराउन सकेमात्रै लाखौं रुपैयाँ हुन्छ,” स्थानीय निर्मला राउतले भनिन्, “गाईघाट बजारमा फर्सी ४० रुपैयाँ प्रतिकिलोग्राम सम्ममा बिक्री हुन्छ, तर बाराहामा गाईभंैसीलाई खुवाउने भन्दा अन्य उपाय छैन ।” फर्सीमात्रै होइन, काउली, बन्दा, बरेला, करेला उत्पादनका लागि बाराहा गाविसभरि नै सिँचाइ र माटो रहेको उनले बताइन् ।  जिल्लाको मध्यपहाडी क्षेत्रको नामेटार, जाँते, ताम्लिछा, बाराहा, बा“सबोटे, बलम्तालगायतका स्थानमा सिँचाइ सुविधासहितको उर्वर जमिन रहेको ताम्लिछाका समाजसेवी महासेर राईले बताए । “तर यहा“ उत्पादन हुने कृषि उपजलाई बजार पुराउन नसक्दा खेतबारीमै कुहिन्छन्” राईले भने, “राज्यले वास्ता नगर्दा दुर्गमका सर्वसाधारण समस्यै समस्यामा छन् ।” राज्यले गरिबी निवारणको कुरा गरे पनि ठोस योजना ल्याउन नसक्दा समस्या भएको उनले बताए । 

 गोपाल पोखरेल

प्रतिक्रिया दिनुहोस्