जेनेभा मोटर शोमा उड्ने कार र स्वचालित रोबोट्याक्सी «

जेनेभा मोटर शोमा उड्ने कार र स्वचालित रोबोट्याक्सी

 स्वीट्जरल्यान्डको जेनेभामा भएको जेनेभा मोटर शो २०१८ मा स्वचालित ट्याक्सी सार्वजनिक भएको छ । जेनेभा मोटर शोलाई विश्वमा हुने ठूलो मोटर शो मध्येको एक मानिन्छ । उक्त मोटर शोमा विश्वका सबैजसो चर्चित कम्पनीहरुले आफ्नो उत्पादन प्रदर्शनी तथा नयाँ सार्वजनिक गर्ने गर्छन् ।
त्यस्तैमध्येको एक कम्पनी फ्रान्सको अटोनोमस भेहिकल उत्पादक नाव्यले प्रदूषण रहित इलेक्ट्रिक अटोनोमस क्याब प्रदर्शन गरेको थियो । उक्त क्याबमा ड्राइभर बस्ने स्थान, स्टेयरिङ ह्विल्स र पेडल छैन । मोबाइल एपको सहयोगले यसलाई बुक गर्न सकिन्छ र यसमा भएका ६ क्यामेरा, ४ राडार र इन्टरनेटको सहयोगले बुकिङ गर्ने ब्यक्तिसम्म आफै आइपुग्छ । यसमा ६ जना यात्रु बस्न सक्नेछन् । यात्री कारमा बसेपछि आफूले भनेकै स्थानमा पु¥याइ दिन्छ । यसलाई पब्लिक रोबोक्याब अर्थात् रोबोट्याक्सी पनि भनिएको छ । ग्राहकले चाहेको अवस्थामा जहाँ पनि उपलब्ध गराउन सकिने भएकोले यसलाई पब्लिक रोबोट्याक्सीको नाम दिइएको छ ।
साथै जेनेभा मोटर शोको ८८औं संस्करणमा पल–भी लिबर्टि फ्लाइङ कार प्रदर्शनीमा राखेको थियो । बेलायती कम्पनी डच फर्मले फ्लाइङ कारमा नयाँ आयाम थपेको छ । विश्वका अन्य विभिन्न कम्पनीहरुले पनि फ्लाइङ कार बनाउने कन्सेप्ट सार्वजनिक भइरहँदा उक्त कम्पनीले उत्पादन नै सार्वजनिक ग¥यो । कम्पनीले यो फ्लाइङ कार लाई कार–प्लेन–हेलिकप्टर–भेइकलको संज्ञा दिएको छ । यो कार सडकमा गुडाउन र आकाशमा उडाउने कानुनी सहजताको अन्तिम तयारीमा पुगेको कम्पनीले जनाएको छ । पल–भी लिबर्टि फ्लाइङ कार दुई भेरियन्ट स्पोर्ट र पायोनिययरमा उपलब्ध हुनेछ ।
यो कार उड्नका लागि ५ देखि १० मिनेटमा लाग्ने छ । यो कार चलाउनका लागि लाइट पाइलट लाइसेन्स लिएको हुनुपर्नेछ । पल–भी लिबर्टि फ्लाइङ कारमा दुई सिट क्षमता रहेको छ । यो कारको रोट्याक्स एयरक्राफ्ट इन्जिन जडान गरिएको छ । यो कारको अधिकतम उडान गति १ सय ८० किलोमिटर प्रतिघण्टा सम्म हुनेछ । पल–भी लिबर्टि फ्लाइङ कारको अधिकतम टेक–अफ वेइट क्षमता ९ सय १० केजी रहेको छ । जसमध्ये दुईजना मानिस, २० केजी व्यागेज र १ सय लिटर इन्धन रहनेछ ।
तीन पांग्रे यो कार अर्को वर्षदेखि उपलब्ध हुनेछ । पल–भी लिबर्टि फ्लाइङ कारमा दुईवटा इन्जिन हुने छन् । यो कार सबैका लागि उपलब्ध भने हुनेछैन । यो कारको मूल्य ५ लाख यूरो (६ लाख १५ हजार अमेरिकी डलर) पर्ने अनुमान गरिएको छ ।

पानीमै चलाउन सकिने हुन्डाईको कार
जेनेभा मोटर शोमा हुन्डाईले सडकका साथै पानीमा समेत चलाउन सकिने कार सार्वजनिक गरेको छ । उक्त कारलाई ‘काइट’ नाम दिइएको छ । यो पूर्ण रुपमा इलेक्ट्रिक कार हो र यसमा भएको मोटरले चारै पांग्रामा बराबर पावर दिने गरि विकास गरिएको कम्पनीले जनाएको छ । तर पनि यसको पछिल्लो भागमा भएको जेट टर्बाइन मोटरका कारण यसलाई पानी भएको ताल वा सागरमा पनि चलाउन सकिन्छ । सो काइट नामक कन्सेप्ट कारलाई पर्सनल वाटरक्राफ्टको रुपमा प्रदर्शन गरिएको थियो । यसमा कुनै ढोका राखिएको छैन । कच्ची सडकमा पनि चलाउन सहज बनाउनका लागि यसमा ओजेड रेसिङ ह्विल राखिएको छ । यसमा भएको एलईडी हेडलाइटको सहयोगले रातमा पनि चलाउन सकिन्छ । खासगरी अलि अलि पानी भएको सिमसार क्षेत्र तथा पर्यटकीय गन्तव्यमा यो कारको प्रयोग गर्न सकिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्