कोभिड–१९ बारे सूचना सामग्री समेटिएको पुस्तक हस्तान्तरण «

कोभिड–१९ बारे सूचना सामग्री समेटिएको पुस्तक हस्तान्तरण

वीरगन्ज-कोभिड–१९ को संक्रमणबाट बचाउ गर्दै उद्योग प्रतिष्ठान र व्यवसायको सञ्चालन तथा जोखिम न्यूनीकरण लगायतका सूचना सामग्री समेटिएको पुस्तक उद्योगी व्यवसायीहरुका लागि अत्यन्तै उपयोगी भएको बताएका छन् ।
बिहीबार राष्ट्रिय व्यावसायिक पहलले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सहकार्यमा तयार पारेको “कोभिड–१९ का लागि आधारभूत व्यावसायिक पूर्वतयारी एवम् सञ्चालन योजना” नामक पुस्तक वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियालाई हस्तन्तरण गरे ।
सो अवसरमा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले एनआईबीद्वारा प्रकाशित पुस्तकले निर्दिष्ट गरेका विषयवस्तुहरुले कार्यस्थललाई सुरक्षित, स्वस्थ्य बनाउन उल्लेख गरिएका प्रावधानहरु उद्योगी, व्यवसायीहरुले अवलम्बन गर्नु पर्नेमा जोड दिँदै पुस्तक आफ्ना सदस्य प्रतिष्ठानहरुलाई वितरण गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्